लघुकथा गोष्ठी सम्पन्न

काठमाडौः लघुकथाको अध्ययन, अनुसन्धान तथा लेखनमा सक्रिय स्रष्टाहरूको सहभागिताबीच हालै राजधानीमा लघुकथा गोष्ठी सम्पन्न भयो । कार्यक्रममा अठार स्रष्टाले
लघुकथा सुनाए ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव सनत रेग्मीले लघुकथा साहित्यको मुख्य विधामा नभए पनि पछिल्लो चरणमा यो चर्चित हुादै गएको र विधाका रूपमा विकास हुन लागेको बताए । आयोजक डिकुरा प्रकाशनका अध्यक्ष पुण्यप्रसाद प्रसाईंले लघुकथा रुचाइएको साहित्यिक सामग्री भएकाले यसको उत्थानमा लागिपर्नुपर्नेमा
जोड दिए । कार्यक्रम संयोजक संस्था लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले विरलै हुने यस्ता कार्यक्रमलाई नियमित गर्नुपर्ने बताए । ओमप्रकाश खरेलको लघुकथा वाचनबाट सुरु भएको कार्यक्रममा नारायण तिवारी, साधना प्रतीक्षा, कृष्ण शाह यात्री, रामप्रसाद पन्त लगायतले लघुकथा सुनाए ।
लघुकथा सुनाउने अन्य स्रष्टामा डम्बर रसिक भारती, भीम राना जिज्ञासु, सुष्मा मानन्धर, श्रीबाबु कार्की उदास, तुलसीहरि कोइराला थिए । अच्युत घिमिरे, छविरमण सिलवाल, सिन्धु गौतम, रोशन थापा नीरव, सुमन सौरभ, विजयरत्न तुलाधर, विश्वविमोहन श्रेष्ठ र शैलेन्द्र घिमिरेले पनि लघुकथा वाचन गरे ।

प्रतिक्रिया