खोजखबर

राजु र छिमेकी काका

सौर्य अनलाइन २०६८ चैत ५ गते २:०९ मा प्रकाशित

सक्नेजति आफ्ना सबै काम आफैँ गगथ्र्यौं राजु । स्कुलको काम सकेर फुर्सदमा आमालाई समेत सघाउने गथ्र्यो ।
एक दिन आमाले सबै कपडा धोईवरी सुकाइदिनुभयो । सुकेपछि आमाले नै पट्याएर राखिदिनुभयो । आमाले इस्त्री लाउन भने भ्याउनुभएको थिएन । त्यसैले राजुले आफैँ इस्त्री लाउने विचार गर्‍यो ।
बिहान पाठसाठ सकेर कपडामा इस्त्री लाउने तर्खरमा लाग्यो । कपडा निकाल्यो । तर, इस्त्री भने राखिएको ठाउँमा थिएन । यताउता खोज्यो, कतै पाएन ।
‘आमा… इस्त्री त छैन नि ! कता परे छ ?’ आमासँग सोध्यो ।
आमाले पनि यताउता खोज्नुभयो । कतै नपाएपछि दिक्क भएर भन्नुभयो– ‘अस्ति पल्लाघरे काकाले लगेका, ल्याएका छैनन् कि क्या हो ! कस्ता छिमेकीको फेला परियो भने, जे लगे नि, फर्काउनै नजान्ने !’
राजुका ती छिमेकी निकै धनी थिए । घरमा मोटर थियो । छोराछोरी पनि महँगो बोर्डिङ स्कुलमा पढ्थे । हर कुरामा आफूलाई अरूभन्दा अलग्गै देखाउन खोज्थे । तर, आफूलाई चाहिने सामान्य कुरा पनि किनेर राख्दैनथे । धेरैजसो छिमेकीकै घरबाट लगेर काम चलाउँथे । उनले त्यस्ता सामान धेरैजसो माग्ने घर भने राजुकै हुन्थ्यो ।
लैजान त लैजान्थे तर काम सकेपछि कहिल्यै फिर्ता ल्याउँदैनथे । आफूलाई चाहिँदा आफैँ लिन नगई सुखै थिएन । उनको त्यस्तो बानीले राजु र उसका आमा–बा सबै नै दिक्क थिए ।
स्कुल जाने बेला हुन लागिसक्यो, कपडामा लाउन इस्त्री नै छैन । राजुले सोच्यो– कसरी पाठ सिकाउने होला यिनलाई ? निकैबेर सोचेपछि उसको दिमागमा एउटा उपाय फुर्‍यो ।
धोएका आफ्ना सबै कपडा बोकेर राजु तिनै छिमेकी काकाको घरतिर लाग्यो । त्यहाँ पुगेर इस्त्री माग्यो । उसले त्यहीँ इस्त्री ततायो । आरामसँग बसेर भएभरका लुगामा इस्त्री ग¥यो । महँगो बिजुली त्यसरी खर्च भएको देख्दा छिमेकी काका मनमनै मुर्मुरिए । मुखले केही भनिहाल्न भने सकेनन् । सबै कपडामा लगाइसकेपछि राजु इस्त्री त्यहीँ छाडेर घर फक्र्यो ।
भोलिपल्ट बिहान पनि ऊ तिनै छिमेकीको घर पुग्यो । झोलाभरि कपडा लगेको थियो । अघिल्लै दिनजस्तो आरामसँग त्यहीँ बसेर मजाले इस्त्री ततायो, कपडामा लगायो । काका भने भित्रभित्रै मुर्मुरिइरहेका थिए । छटपटाएर घरी भित्र, घरी बाहिर गर्थे । केही भन्न सकिरहेका थिएनन् । काम सकेर इस्त्री त्यहीँ छाडी राजु घर फर्कन लाग्यो
त्यो देखेर काकाले नरम बन्दै भने, ‘राजु, इस्त्री त लान बिस्र्यौ नि ! घरमै लगे त तिमीलाई दिनहुँ आइरहनुपर्दैनथ्यो नि बाबु !’
काकाको कुरा सुनेर राजुलाई हाँसो थाम्नै मुस्किल प¥यो । मनमनै हाँसो दबाएर भन्यो– ‘काका तपाईंलाई नै दुःख नहोस् भनेर त हो नि मैले इस्त्री छाडेको ! बारम्बार इस्त्री माग्न हाम्रो घर आइरहँदा तपाईंलाई पनि त दुःख होला नि ।’ राजुको कुरा सुनेर उनी केही बोल्न सकेनन् । सरमले शिर निहुरियो । त्यस दिनदेखि उनले अरूकामा मागेर काम चलाउन पनि छाडे ।

प्रतिक्रिया