बझाङमा आगलागी हुँदा पाँच पसल जलेर नष्ट

कैलाली, ४ चैत । बझाङको सदरमुकाम चैनपुरमा शुक्रवारराती आगलागी भएको छ । आगलागीबाट पाँच पसल जलेर खरानी भएका छन् ।

शान्तीमार्गमा रहेको दिनेश भण्डारीको कष्मेटीक पसलबाट सुरु भएको आगोले छेउछाउमा रहेका अन्य चार पसल पनि जलेर खरानी भएका छन् । आगलागीबाट ठूलो धनमालमा क्षेति भएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीले बताए । राती साढे दस बजेतिर लागेको आगो स्थानीयवासिन्दा, नेपाली सेना र प्रहरीले दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।

भण्डारीको कष्मेटीक पसलमा सुतेका भण्डारीका कामदार उमेश कठायतले मैनबत्ती बालेर सुतेको र  उक्त  मैनबत्तीबाट नै आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीबाट भण्डारीको सहित शिवराज उपाध्यायको फैन्सी पसल, काल्चे थापाको ईलेक्ट्रोनिक पसल, नरेन्द्र खड्काको फ्रेस हाउस र केदारराम जोशीको मिल तथा स्टोर जलेर पूर्ण रुपमा क्षेतीग्रस्त भएको प्रनाउ केसीले बताए ।

प्रतिक्रिया