प्रहरी चौकी नजिक शव

दाङ, ४ चैत । प्यूठानको स्याउलीबाङ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान जनक बजगाईकी श्रीमतीको रहस्यमयी ढङगले मृत्यु भएको छ ।

जवान बजगाइकी श्रीमती दुरपता जैसीको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएका छन् । शुक्रवार दिउसो गुरास टिप्न जंगल गएकी दुरपता लामो समयसम्म घर नफर्के पछि खोज्न जाँदा चौकी नजिकै झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

कैलाली जिल्ला स्थायी घर भएकी जैसी गत फागुन ८ गते प्युठानमा कार्यरत श्रीमान बजगाईलाई भेटन आएकी थिईन । घटना भएको समयमा श्रीमान बजगाई डिउटीमा खटिएको स्याउलीवाङ प्रहरी चौकीले जनाएको छ ।

घटना हत्या हो या आत्म हत्या भन्ने एकिन हुन नसकेको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय प्युठानको भनाई छ ।

प्रतिक्रिया