फाइनलमा उत्तर कोरिया र तुर्कमेनिस्तान

काठमाडौं, ३ चैत । पछिल्लो संस्करणको फाइनल भिडन्तको याद ताजा गराउादै उत्तर कोरिया र तुर्कमेनिस्तान फेरि एकपटक एसियन फुटबल कन्फेडेरेसन -एएफसी) च्यालेन्ज्कपको उपाधिका लागि यही सोमबार भिड्ने भएका छन् ।
दशरथ रङ्गशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा साविक विजेता उत्तर कोरियाले प्यालेस्टाइनलाई २-० ले र उपविजेता तुर्कमेनिस्तानले  फिलिपिन्सलाई २-१ ले हराएका हुन् । पहिलो सेमिफाइनलमा १-० ले पछि परेको स्थिति उल्टाएर तुर्कमेनिस्तानले अन्तिम १० मिनेटमा दुई गोल गर्दै म्याच आˆनो पक्षमा पारेको थियो ।
८६ आाै मिनेटमा गेरीम्यानले फिलिपिन्सका चार डिफेन्डरलाई कटाउादै निणार्यक गोल गरेका थिए  । डिबक्सभित्र सानदार ‘फुटवर्क’ देखाउदै  उनले सेकेन्ड बार च्यापेर गरेको प्रहारलाई विपक्षी  गोलकिपर नील लिओनार्ड एथरिजले बचाउने अवसर नै पाएनन् । त्यसको छ मिनेटअघि करिब २२ यार्ड टाढाबाट गोल गर्दै  अमानोभ आर्सलन्मिर्‍याटले तुर्कमेनिस्तानलाई खेलमा फर्काएका थिए । आर्सलन्मिर्‍याटको प्रहार कुनै फिलिपिनी डिफेन्डरले छेक्न सकेनन् ।
यसअघि फिलिपिन्सले सानदार ‘मुभ’मा गोल गरेको थियो । डिफेन्डर मार्टिनेज डी मुर्गाको लामो पासलाई पाउल मडलर्सले नियन्त्रणमा लिादै बायां ˆलान्कबाट गरेको प्रहारमा २५ अैं मिनेटमा फिलिप यङहज्वेन्डले हेडमार्फत गोल गरेका थिए  । डि बक्स बाहिर आएर गेरीम्यानलाई इन्जुरी समयमा लात्ताले प्रहार गरेपछि रेपफले फिलिपिन्सका गोलकिपर एथरिजलाई रातो कार्ड दिएका थिए । कोरियाली रेपफको हृयांगले लाइन्सम्यान हमुद अलसाहीको सल्लाहमा उनलाई रातो कार्ड देखाएका हुन् । पूर्वार्धमा राम्रो प्रदर्शनसहित दबाव सिर्जना गरेको फिलिपिन्सले मध्यान्तरपछि भने त्यसलाई कायम गर्न सकेको थिएन ।
ˆलड लाइटमा सम्पन्न दोस्रो खेलमा उत्तर कोरियाले आˆनो सानदार प्रदर्शनलाई कायम राख्यो । जारी प्रतियोगितामा एउटा पनि  गोल नखाएको साविक विजेता टोलीका लागि पाक क्वाङ र्‍योङले दुवै गोल गरेका थिए । सुरुआातदेखि नै खेलमा बढी समय बल नियन्त्रणमा लिएको उत्तर कोरियाले  ४१ औा मिनेटमा मात्र अग्रता हासिल गरेको थियो ।  मिडफिल्डर पाक नाम चोलको प्रहार क्रस बारमा लागेर फर्किए पनि विपक्षी डिफेन्डरबाट क्लियर हुन नसक्दा फर्वार्ड र्‍योङले  फस्ट बारमा गोल गरेका थिए ।
लगातारको आक्रमण असफल भइरहादा र्‍योङले रिबाउन्डमा गरेको प्रहारलाई प्यालेस्टाइनका गोलकिपर एस सालेहले बचाउने मौका नै पाएनन् । अग्रतासागै दोस्रो हाफमा उत्तर कोरिया पुरा समय हाबी देखियो । ६८ अैं मिनेटमा विपक्षी डिफेन्डरको गम्भीर गल्तीको फाइदा उठाउादै र्‍योङले दोस्रो गोल गरे । गोलकिपरलाई ‘ब्याकपास’ दिन खोज्दा बीचमै बल नियन्त्रणमा लिादै र्‍योङले खाली पोस्टमा गोल गरेका थिए । र्‍योङले त्यसक्रममा गोलकिपरलाई सम्मेत बिट गर्दा उनलाई छेक्न कुनै खेलाडी सफल भएनन् ।
५५ आाै मिनेटमा पाक नाम चोलले सेकेन्ड बारमा निकालिदिएको  क्रसमा र्‍योङको हेड प्रहारलाई विपक्षी गोलकिपरले कठिनरुपमा बचाएका थिए । खेलको अन्तिम समयमा उत्तर कोरियाका खेलाडीले आकर्षक ‘स्किल’ देखाएका थिए । ७३ अैं मिनेटमा वैकल्पिक खेलाडी किम जु सङले डि बक्सभित्र दुई खेलाडीलाई कटाउादै गरेको प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरियो । त्यस्तै त्यसको दुइ मिनेटपछि डिफेन्डर रि ह्योङ मुले करिब ३० यार्ड टाढाबाट करिब आधा दर्जन खेलाडीलाई छलाउादै बल अगाडि बढाए पनि उनको प्रहार बाहिरिन पुग्यो । उनले डि बक्सभित्र मात्रै चार खेलाडीलाई आकर्षक ढङ्गले कटाएका थिए ।
प्रतियोगिताको फाइनल भिडन्त सोमबार बेलुका ६.३० बजे दशरथ रङ्गशालामा हुने छ । त्यसअघि सोही दिन तेस्रो स्थानका लागि फिलिपिन्स र प्यालेस्टाइनले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया