क्यापासिटर उपकरण जडान हुने

बिजुली छ, बत्ती बल्छ तर पनि मधुरो उज्यालो छ । यो समस्या विद्युत्को प्रसारण लाइन जोडिएका धेरै क्षेत्रका उपभोक्ताले बेहोरेका छन् ।
विद्युत् लाइनमा भोल्टेज कम भएपछि यस्तो समस्या आउाछ । अब उपभोक्ताले यो समस्याबाट मुक्ति पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको क्यापासिटर बंै\क आयोजनाअन्तर्गत १० स्टेसनमा क्यापासिटर उपकरण जडान गरेपछि  त्यस क्षेत्रका उपभोक्ताले सो समस्याबाट मुक्ति पाउन लागेका हुन् ।
१४ महिनाभित्र सक्ने लक्ष्य राखिएको यो कार्य द्रुत गतिमा भइरहेको प्राधिकरणले जनाएको छ । आयोजनाअन्तर्गत १० स्टेसनमा क्यापासिटर बैंक जडान गरिने कार्यक्रम छ । पाटन, बानेश्वर, चाबहिल, बालाजु, स्युचाटार, भरतपुर, बुटबल, हेटैाडा, सिमरा र दुहबी सब-स्टेस्नमा क्यापासिटर बैंक जडान गरी विद्युत्को मागका आधारमा आपूर्ति दिने कार्यक्रम राखिएको प्राधिकरणले जनाएको छ ।
एसियाली विकास बंकको सहयोगमा १९ करोड रुपियााको लागतमा क्यापासिट बैंक जडान गर्न लागिएको हो । भोल्टेजको सुधारका लागि गरिएको आयोजनाको छिट्टै सकाउने गरी कार्य भइरहेको र बुटबलको आगामी जुलाइभित्रै निर्माण पुरा गर्ने लक्ष्य प्राधिकरणले लिएको आयोजना प्रमुख जीवन
कसजुले बताए ।
‘छिट्टै क्यापासिटर बैंक जडान गर्दैछैा, यसले बत्ती भएर पनि भोल्टेजको कमीको कारण आउने समस्या समाधान हुनेछ, ‘उनले भने । प्राधिकरणले यी १० स्टेसनमा बनाइसकेपछि आवश्यकताअनुसार अन्य क्षेत्रमा पनि बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया