‘लुटिएको रकम र सामान फिर्ता दिलाऊ’

नेपालगन्ज, २ चैत । स्वेच्छिक अवकाश रोजेर शिविरबाट बाहिरिएका माओवादी लडाकुले ‘चरम आर्थिक चलखेल’ गर्ने कमान्डरमाथि तत्काल छानबिन गरी कारबाहीको माग गरेका छन् । शिविरमा आर्थिक अपारदर्शिता रहेकाले त्यसको छानबिन गर्नुपर्ने भन्दै उनीहरूले शिविरमा रहँदा ‘लुटिएको’ रकम र सामान फिर्ता गर्न पार्टी नेतृत्वसँग माग गरेका हुन् ।
दाङको लमहीमा सम्पन्न स्वेच्छिक अवकाश रोजेका लडाकुको भेलाले गरेका निर्णय बिहीबार नेपालगन्जमा सार्वजनिक गर्दै उनीहरूले आर्थिक अपारदर्शिताको छानबिन गर्न प्रधानमन्त्री डा बाबुराम भट्राई र पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइने बताए । भेलाले पुनःवर्गीकरणदेखि स्वेच्छिक अवकाशको बेलासम्म जिम्मेवार कमान्डरबाट गरिएका दुव्र्यवहारका घटनाले व्यक्तिगत स्वतन्त्रताको न्यूनतम मूल्यको उपहास भएको ठहर गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उनीहरूले बिदाइ भएको एक महिना बितिसक्दा पनि पार्टीले कुनै भूमिका नदिएकाले सङ्गठित भई जिम्मेवारीको खोजीमा लागेको बताए । उनीहरूले
दाङको लमहीमा भएको भेलाले नेबबहादुर कुँवरको संयोजकत्वमा बटालियन सहकमान्डरदेखि कमान्डरसम्मको सहभागितामा केन्द्रीय समन्वय समिति गठन गरेको जानकारी गराए ।
भेलाले प्रवक्तामा उदयबहादुर चलाउनेलाई चयन गरेको छ । त्यस्तै पूर्वी कमान्डमा चलाउने, मध्यकमान्डमा रामलाल रोक्का र  पश्चिमकमान्डमा दुर्गाबहादुर चौधरी चुनिएका छन् । त्यस्तै, राज्य संयोजकहरूमा लिम्बुवान र कोचिलामा सङ्गीत, किरात र मिथिलामा विवश, नेवा, ताम्सालिङ र भोजपुरामा आकर्षण, तमुवानमा विदुर, अबधमा कीर्तिमान, मगरातमा सुवास, भेरीकर्णालीमा पुनित र थारुवानमा हिमाञ्चललाई जिम्मेवारी तोकिएको समितिले जनाएको छ ।

प्रतिक्रिया