समुद्रमा साहित्यिक यात्रा

काठमाडौँ, प्रवासी नेपाली साहित्य समाज, ब्रुनाइ÷बेलायतले समुद्रमाथि सिर्जना वाचन तथा साहित्यिक यात्रा सम्पत्र ग¥यो ।
सोमबार बिहान ६ बजे ब्रुनाइको सेरियाबाट आरम्भ भएको साहित्यिक यात्रा राजधानी बन्दरसेरी बेगवानबाट चाहिँ समुद्रमाथि सुरु भएको थियो । साहित्यिक कार्यक्रमका लागि स्रष्टा मात्र रहने गरी छुट्टै सानो जहाज व्यवस्था गरिएको थियो ।
सो अवसरमा सुरेन्द्र इङ्नाम र प्रकाश राईले बाँसुरीको धुन सुनाएका थिए भने किसन राईले मादलमा सङ्गीत भरेका थिए । त्यस्तै समाजका अध्यक्ष विश्वासदीप तिगेला र महासचिव आनन्द रानोहोछा तथा साहित्यकार महेश वनेम, सञ्जीव राई, सन्देश नेम्बाङ, मिलन लामा, लिम्बू नयनलगायतले कविता, गीत, गजल र मुक्तक वाचन गरेका थिए । (सौस)

प्रतिक्रिया