सात उद्योग कारबाहीमा

वीरगन्ज, १ चैत । गुणस्तरहीन खाद्यपदार्थ उत्पदान र बिक्रीवितरण गर्ने वीरगन्जका सात उद्योग कारबाहीमा परेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले खाद्य ऐन विपरीत वस्तुउत्पादन र बिक्रीवितरण गर्ने उद्योगका सञ्चालकविरुद्ध नगद जरिवाना र कैद सजायको पैmसला गरेको छ । कारबाही पर्नेमा जयपशुपति चिया प्याकिङ उद्योगका सञ्चालक मेवलकुमार सिन्धी रहेका छन् । उनलाई दश हजार रुपियाँ जरिवाना र एक वर्ष कैद सजाय गरिएको छ ।
त्यसैगरी शिवम् प्रोडक्टका सञ्चालक शेखर अग्रवाललाई खाद्य ऐन २०२३ को दफा ५ को उपदफा ३ अन्तर्गत १० हजार रुपियाँ नगद जरिवानाको पैmसला गरिएको छ । आदर्शनगरकै कृष्णा प्रोडक्टका सञ्चालक कन्हैयालाल झुनझुनवालालाई गुणस्तरहीन धनियाँ बिक्री गरेको अभियोगमा पाँच हजार रुपियाँ जरिवाना गरिएको छ । त्यस्तै साल्ट एन्ड स्विट्सका सञ्चालक अनिलकुमार पटेललाई दुई हजार रुपियाँ जरिवाना गरिएको छ । गुणस्तरहीन पिठो बिक्री गरेको अभियोगमा सुमित्रा खाद्य उद्योगका सञ्चालक सुमित्रा देवीलाई पनि दुई हजार रुपियाँ नगद जरिवाना गरिएको छ ।
खुस्बु बेकरी एन्ड कन्फेक्सनरी पाउरोटी उद्योगका सञ्चालक अर्जुनराज शर्मालाई दुई हजार रुपियाँ जरिवाना गरिएको छ । धुलो मसला उत्पदान र बिक्री गर्ने  गणपति होम्स सेन्टरका सञ्चालक प्रीति जयसवालविरुद्ध पनि दुई हजार रुपियाँ असुल्ने पैmसला गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
वाणिज्य कार्यालय पर्साले फागुनमा दैनिक उपभोग्य वस्तुका साथै कीटनाशक, कपडा, स्टेनसनरी, मेसिनरी पाटपुर्जा बिक्री गर्ने विभिन्न ४१ फार्मको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा कृष्ण आइस्क्रिम पार्लरले बिक्रीका लागि राखेको म्याद गुज्रिएको आइसक्रिम र बिष्कुट जफत गरिएको वाणिज्य कार्यालयका निमित्त प्रमुख दुर्गा नकर्मीले जानकारी दिइन् । त्यस्तै ३६ फार्मका सञ्चालकलाई उत्पादन तथा बिक्री केन्द्रको सरसफाइ र खाद्यान्नको गुणस्तरमा ध्यान दिन सचेत गराइएको नकर्मीले बताइन् ।

प्रतिक्रिया