सहमतिका लागि दस दिन

काठमाडौं, १ चैत्र । संविधानसभा कार्यव्यवस्था परामर्श समितिले नयाँ संविधानका बिवादित बिषयमा सहमति खोज्न कार्यतालिका संशोधन गर्दै दस दिनको समय उपलब्ध गराउने निर्णय गरेको छ ।
संवैधानिक समितिमा प्रमुख दलहरुले १५ दिनको समय माग गरेपनि कार्यव्यवस्थाको आज सिंहदरबारमा बसेको बैठकले दस दिन मात्रै उपलब्ध गराएको नेताहरुले बताएका छन् । कार्यतालिका संशोधन गर्ने जिम्मेवारी कार्यव्यवस्थालाई रहे अनुसार नै उसले १० दिनको समय दिएको हो ।
यस अघि कार्यव्यवस्थाले सहमतिका लागि भन्दै दस, दस दिन गरि २० दिनको समय थप गरिसकेको छ । सहमतिका लागि आज सहित तेस्रो पटक समय थपिएको हो ।
दलहरुका बीच राज्य पुनसंरचना, शासकीय स्वरुप, नागरिकता, न्यायप्रणालीलगायतका बिषयमा बिवाद रहेका छन् ।
कांग्रेस र एमालेले शान्ति प्रक्रियाका बाँकी काम अगाडी बढेमा संविधानका बिवादित बिषयमा सहमति जुट्न कुनै कठिन नरहेको भन्दै शान्ति प्रक्रिया पुरा गर्न एकीकृत माओवादीलाई दबाव दिदै आएका छन् ।

प्रतिक्रिया