लोकसाँस्कृतिक महोत्सवको रौनक

दाङ, ३० फागुन । सोमवार औपचारिक रुपमा सुरु भएको तीन दिने अन्तर्राष्ट्रिय लोक संस्कृति महोत्सवले दाङमा रौनकता थपेको छ । महोत्सव घोराहीमा भव्य रुपमा संचालन भैरहेको छ ।
एभरेष्ट नेपाल कल्चरल गु्रपको मुख्य आयोजना रहेको महोत्वसको दोस्रो दिन घोराहीमा नेपाल सहित १३ देशका लोक संस्कृतिमा आधारित भेषभुसा, नाच सहितको र्यालीले बजार परिक्रममा गरेको थियो । र्यालीमा दाङ, रुकुम, रोल्पा, प्युठान र सल्यानसका कला संस्कृति झल्कने नाच, वाजा, झाँकी सहित विदेशी कलाकारहरुले पनि आ आफ्नो प्रस्तुति देखाउदै बजार परिक्रममा गरेका थिए ।
महोत्वसको दास्रो दिन नेपालका तर्फबाट रुकुमको नाच्ने मयुर (सरिङ्गे) नाच, प्यूठानको सराय नाच, यादव समुदायको फर्साहा नाचलगायतका नाचहरु प्रस्तुत गरिएको थियो । ग्रिस, भारा, इटली, बंगलादेश, श्रीलंकालगाएतका देशहरुले पनि आफ्ना प्रस्तुति देखाएका थिए ।  अन्य देशका सहभागीले बुधवार आफ्ना प्रस्तुतिहरु देखाउने छन् ।
नेपालका तर्फबाट थारु संस्कृतिमा आधारित सख्या पैंया र बड्का नाच, नेपालको लोक संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुरायाउन नेपाली लोक नाचको महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएका छन् ।


फुडफेस्टिवल  
कार्यक्रममा नेपाली संस्कृति झल्कने मौलिक खानापनि आकर्षक रुपमा प्रस्तुत भएका छन् । महोत्सवमा थारु, मगर, नेवारी, अवधि समुदायको खानाले विदेशी आन्तरिक एवम बाह्य कलाकारको मन तानेको छ । कृषि उत्पादन, हस्तकला, शील्पकलाका सामग्रीहरु, राप्ती अञ्चलभरिका पर्यटकीय स्थल र ऐतिहासिक सम्पदाहरुको पहिचान दिने सामग्रीहरु पनि महोत्सवका आकर्षक बनेका छ ।
पञ्चेवाजामा नाचे विदेशी
घोराहीमा बाजागाजा सहित निकालिएको र्यालीमा नेपालको चर्चित एवम राष्ट्रिय बाजा सबैभन्दा आकर्षक रुपमा प्रस्तुत भएको थियो । विदेशी र नेपाली कलाकारहरु पञ्चेबाजामा छम्किएर नाचेका थिए । कार्यक्रममा अन्य देशका कलाकारहरुको आ आफ्नो वाजा भएपनि नेपाली पञ्चेवाजाले बसैको ध्यान तानेको थियो ।

 

प्रतिक्रिया