राजतन्त्रमा कुरा नमिले पछि बार्ता भङ्ग

काठमाडौं, ३० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीले संवैधानिक राजतन्त्र मान्न अस्विकार गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँगको एकीकरणको प्रयास तुहिएको छ ।
काठमाडौंको विशालनगरमा आज भएको बार्तामा संवैधानिक राजतन्त्रका बिषयमा सहमति हुन नसकेपछि बार्ता भङग भएको हो । बार्तामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले सवैधानिक राजतन्त्र नमान्ने हो भने राप्रपा र राजपासँग पार्टी एकीकरण हुन नसक्ने भन्दै बैठक स्थलबाट बाहिरिएको स्रोतले जनाएको छ ।
बार्ताका लागि राप्रपा र राजपाका तर्फबाट महामन्त्री दीपक बोहरा र केशरबहादुर विष्ट गएका थिए । सोतले भन्यो, ,‘संवैधानिक राजतन्त्र छाड्न हामीले भन्यौ, तर कमल थापाजीले मन्नु भएन ।’ संघीयतालगायतका बिषयमा भने तीन दलका बीच सामान्य सहमति भएको थियो ।
पूर्व पञ्चको बाहुल्यता रहेका राप्रपा, राजपा र राप्रपा नेपालको एकीकरण प्रयासका लागि बिभिन्न चरणमा बार्ता भएका थिए । यस अघि हिजो मात्रै राजपा अध्यक्ष सूर्यबहादुर थापासँग राप्रपा नेपालका अध्यक्ष कमल थापाले भेटगरेर एकीकरणका बिषयमा छलफल पनि गरेका थिए ।

प्रतिक्रिया