दुर्घटनामा २५ सशस्त्र प्रहरी घाईते

विराटनगर, ३० फागुन । मोरङको दुलारीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा  सशस्त्र प्रहरीको मिनि ट्रक आज विहान दुर्घटनाहुँदा २५ जना प्रहरी घाईते भएका छन् ।

सीमा सुरक्षा कार्यालय सुनसरी ईनरुवाको टोली चढेको वा १ ग २०६१ नम्वरको ट्रक दुलारीमा दुर्घटना हुँदा २५ सशस्त्र प्रहरी घाईते भएका हुन् । उनीहरु फाईरिंगका लागि झापा तर्फ जाँदै थिए । तिव्रगतिमा रहेको ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घाईते प्रहरीहरुको  धरानस्थित विपी कोइराला स्वास्थ्यप्रतिष्ठान धरानमा उपचार भैहरेको छ ।

प्रतिक्रिया