सडक विस्तारमा मन्त्रीसँग सोधपुछ हुने

काठमाडौं, २९ फागुन । संसदको विकास समितिले उपत्यकाको सडक विस्तार बारे छलफल गर्न स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी र भौतिक योजना तथा निर्माणमन्त्री हृदयश त्रिपाठीलाई बोलाएको छ ।
सोमबार सिंहदरबारमा बसेको समिति बैठकले मन्त्रीद्वयलाई मुआब्जा नदिई घर भत्काउनुको कारणबारे छलफल गर्न बोलाएको हो । सडक विस्तारका साथै अन्य बिषयमा समेत सम्बन्धीत मन्त्रीसँग जानकारी मागिने समिति सभापति जितेन्द्र सोनारले बताए ।

प्रतिक्रिया