उपसमिति बैठक निष्कर्ष बिहिन

काठमाडौं, २९ फागुन । नयाँ संविधानका बिवादित बिषयमा सहमति खोज्न बसेको बिवाद समाधान उपसमितिको बैठक बिनाकुनै निष्कर्ष सक्किएको छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा आज बसेको उपसमिति बैठकमा कांग्रेस र एमालेले शान्ति प्रक्रिया ठोस प्रगति नहुँदा सम्म बिवादित बिषयमा सहमति आउन नसक्ने जनाएछि बैठक निष्कर्ष बिहिन भएको हो । उपसमिति बैठक लामो समय पछि बसेको थियो ।
बैठक पछि सञ्चारकर्मीसँग करागर्दै एमाले नेता माधवकुमार नेपालले शान्ति प्रक्रिया टुङगो नलाग्दासम्म बिवादित बिषयमा सहमति हुन नसक्ने बताए । उनले भने, ‘शान्ति प्रक्रियाका काम अगाडि बढेपछि संविधानको काम पनि अगाडि बढ्छ ।’
दलहरुका बीच शासकीय स्वरुप, राज्य पुनसंरचना, नागरिकता लगायतका बिषयमा बिवाद छ । बैठकमा उपसमिति संयोजक तथा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाललगायतका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया