जिविस परिषद् बैठक बहिष्कार

बारा, २९ फागुन । जिल्ला विकास समिति बाराको १९ औं जिल्ला परिषद् बैठक अधिकांश स्थानीय राजनीतिक दलहरुले बहिष्कार गरेका छन् ।
बजेट निर्माणमा आफूहरुलाई उपेक्षा गरेको भन्दै एकीकृत माओवादी, कांग्रेस, एमाले, मधेशी जनअधिकार फोरम नेपाल, तमलोपा, राप्रपा नेपाल, संघीय सदभावना पार्टी, नेकपा संयुक्त, नेकपा मालेसहितका दलहरुले परिषद् बैठक बहिष्कार गरेका हुन् ।
उनीहरुले योजना तर्जुमा र परिषद्को तयारीमा दलहरुलाई सहभागी नगराएको भन्दै बैठक बहिष्कार गरेका हुन् ।
जिविसका कर्मचारीले आफूखुशी योजना तर्जुमा गरेर वजेट छट्टाएको भन्दै परिषद् बैठक बहिष्कार गर्नु परेको एकीकृत माओवादीका सहइन्चार्ज रन्जित पटेलले बताए ।
दलहरुको बहिष्कारका बाबजुद जिविसको १९ औं परिषद् बैठक भने सुचारु रहेको छ । बैठकमा सभासदहरुको भने सहभागिता छ ।

प्रतिक्रिया