शिक्षकहरुको दबावमा सरकार पर्दैनः मन्त्री शर्मा

विराटनगर, २९ फागुन । शिक्षा मन्त्री दीनानाथ शर्माले सहमति भए अनुसार चैत २ गतेभित्र शिक्षकका मागलाई अध्यादेशबाटै भएपनि पुरागर्ने बताएका छन् ।

उनले शिक्षकका माग पुरा गर्न सरकारले शिक्षा ऐन संशोधन गर्न लागेको बताए । उनले शिक्षकका ४७ बुँदे मागहरु अध्यादेश मार्फत पुरा गर्न राजनीतिक दलहरुका बीच सहमति आवश्यक रहेको बताए । सहमतिका लागि छलफल भईरहेको मन्त्री शर्माको भनाई छ ।

विराटनगरमा आज पत्रकारहरुसँग कुरागर्दै मन्त्री शर्माले शिक्षकहरुका जायज माग पुरा गर्न सरकार गम्भिर रहेको वताए । उनले भने, ‘राजनीतिक सहमति भए अध्यादेश मार्फत माग पुरा गर्छौं ।’

माग पुरा गराउनकै लागि दबाव दिन परिक्षालाई समेत प्रभावित वनाएकोमा मन्त्री शर्माले असन्तुष्टि जनाए । उनले भने, ‘दबावका लागि शैक्षिक आम हडताल उचित होइन ।’
शिक्षामन्त्री शर्माले व्यवसायिकता र पेशागत हकहितका लागि शिक्षकहरुका माग पुरा गर्न सरकार तयार रहेपनि सरकार शिक्षकहरुको दवावमा कदापि नपर्ने बताए ।

प्रतिक्रिया