ऐरीलाई तेक्वान्दोमा स्वर्णपदक

ललितपुर, २८ फागुन । नेपाली सेनाका तेक्वान्दो खेलाडी दानबहादुर ऐरीले पहिलो दक्षिण एसियाली आर्मी स्पोटर्स मिटमा स्वर्णपदक जितेका छन् । साग खेलका कांस्यपदक विजेता ऐरीले ६८ किलो तौलसमूहको फाइनलमा बङ्गलादेशका अनबर हुसेनलाई पराजित गरेका हुन् ।
ऐरी १२ अै दक्षिण एसियाली खेलकुदका लागि तयारीमा रहेको नेपाली तेक्वान्दो टोलीमा समेत समावेश छन् । ऐरीले स्वर्ण जितेको स्पर्धामा भारतका मोकेन माइकेई र पाकिस्तानका मोहम्मद अस्फाकले कांस्यपदक जिते ।
तेक्वान्दोको ७४ किलो तौलसमूहमा भारतका नइरोइ सिंहले स्वर्ण, बङ्गलादेशका अरमान हुसेनले रजत तथा पाकिस्तानका सइद अस्माद र श्रीलङ्काका मधु सान्काले कांस्यपदक जिते । ५ हजार मिटर दौडमा भारतका नीतेन्द्र सिंहले स्वर्ण, भारतकै लियोनेल समरिजाले रजत तथा भारतकै अर्जुन प्रधानले कांस्यपदक जिते ।

प्रतिक्रिया