तारको मूर्ति

लन्डन, २८ फागुन । बेलायत निवासी डेरिक किन्जेटको कला देखेर धेरैजना मख्ख पर्छन् । कुखुराको खोर बनाउन प्रयोग हुने तारको जालीबाट उनले मनै लोभ्याउने मूर्ति बनाउने गरेका छन् ।
तारको जालीलाई मानव आकृतिमा ढाल्ने डेरिकको कलाले हलिउड अभिनेता निकोलास केजको मनसमेत जितेको छ । उनले डेरिकले बनाएको मूर्ति घरमा सजाउने उद्देश्यले खरिद गरेका छन् ।
४५ वर्षीय डेरिकलाई एउटा मूर्ति बनाउन करिब एक महिना लाग्छ । आँखा, कपाल, ओठ आदि बनाउन उनले बढी मिहिनेत गर्नुपर्छ । उनको एउटा मूर्ति ६ सय पाउन्ड जतिमा बिक्री हुने गरेको छ । मूर्ति बनाउँदा कयौँपटक तार मोड्नुपर्ने हुन्छ, यसो गर्दा हात दुख्ने गरे पनि उनी काम गर्दा पन्जा लगाउँदैनन् । पन्जा लगाउँदा यसले स्पर्शको अनुभूति खत्तम गरिदिने र कला राम्रो नहुने उनको जिकिर छ । (डेलिमेल)

प्रतिक्रिया