पश्चिम सेती रोके विदेशी लगानी आउदैन

काठमाडौ, २८ फागुन । उर्जामन्त्री पोष्टबहादुर बोगटीले पश्चिम सेती जलविद्युत निर्माण गर्न  चिनियाँ कम्पनी थ्रि गर्जेजसँग गरिएको सम्भौता खारेज गरिए नेपालमा कहिल्यै ठूलो विदेशी लगानी नआउने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब  नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा मन्त्री बोगटीले बोलपत्र आब्हान गर्दा ढिला हुने भएकोले राष्ट्रिय हितका लागि छिटो गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरिएको दावी गरे । उनले सुरुवातमै यसको विरोध गरेर अवरोध गरिए नेपालमा विदेशी लगानी रोकिने र मुलुक अध्यारो तर्फ धकेलिने बताए ।
उनले सबै कानूनी ब्यवस्थामा टेकेर सम्झौता गरिएको उल्लेख गर्दै उत्पादन लागत बढ्ने र समयभित्र आर्थिक स्रोत जुटाउन नसके सम्झौता खारेज हुन सक्ने बताए । सम्झौतालाई लिएर पश्चिम सेती आयोजनाको संसदीय समितिले बिरोध गरिहेको छ ।
पूर्व उर्जामन्त्री एवम कांग्रेसका केन्द्रीय सदस्य प्रकाशसरण महतले अपारदर्शी ढंगले मुलुकलाई लाभ प्राप्त नहुने गरी गरिएको सम्झौता परिमार्जन गरी प्रतिष्पर्घा गराएर सम्झौता गर्नु पर्ने माग गरे ।
पूर्व जलस्रोत मन्त्री एवम राप्रपा अध्यक्ष पशुपति शमसेर राणाले अन्तर्राष्ट्रिय बोलपत्र आब्हान गरेर प्रतिष्पर्घाबाट मात्र आयोजना निर्माणको जिम्मेवारी दिनु पर्ने बताए ।

प्रतिक्रिया