संवैधानिक समितिमा पुनः बिषय प्रवेश हुन सकेन

काठमाडौं, २८ फागुन । लामो समय पछि बसेको संवैधानिक समितिको बैठक बिनाकुनै निष्कर्ष सक्किएको छ ।
संवैधानिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा दलहरूबीच कुनै विषय प्रवेश गर्नै नसकेको हो । संविधान लेखनका सम्बन्धमा विगतमा थाँती रहेका र कतिपय सहमतिमा पुगिसकेका विषयहरूमा समेत छलफल अघि बढ्न नसकेको सदस्यहरुले बताएका छन् ।
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बैठकमा सबैले आ–आफ्नो कुरा राखेको बताउदै छलफल जारी रहेकाले अर्को बैठक फागुन ३० गते बस्ने स्थगित गरिएको बताए ।
एमालेका नेता भीम रावलले संविधान लेखनका बारे विगतमा थाँती रहेका र कतिपय सहमतिमा पुुगिसकेका विषयहरू समेत छलफलमा प्रवेश हुन नसकेको बताए । उनले भने, ‘दलका नेताहरू, प्रधानमन्त्री र सदस्यबाट आफूलाई लागेका कुराहरू मात्रै राखे ।’
प्रधानमन्त्री बाबुराम भट्टराईले भने आफूलाई काम गर्न नदिइएको र अहिले स्थिति भयावह बन्दै गएको धारणा रखेका थिए । नेता रावलले भने ‘प्रधानमन्त्रीले इतिहासले मेरो मूल्याङ्कन गर्ला, मलाई काम गर्न दिइएन तर स्थिति भयावह छ भनेर अलिकति पीडा र धम्की मिश्रित अभिव्यक्ति दिनुभयो ।’
कांग्रेस नेता पौडेलले पनि संविधानसभापछिका प्रधानमन्त्रीमा भट्टराई जत्तिको भाग्यमानी प्रधानमन्त्री कोही नभएको बताए ।

प्रतिक्रिया