‘राजनीतिक सहमति खोज्न नेम्वाङको आग्रह’

काठमाडौं, २८ फागुन । संविधान निर्माणका क्रममा देखिएका बिवादित बिषयमा छिटो सहमति खोज्न संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग आग्रह गरेका छन् ।
संसद सचिवालय सिंहदरबारमा आज भएको संयुक्त छलफलमा अध्यक्ष नेम्वाङले नयाँ संविधान जारी गर्ने समय नजिकिदै गरेकामा समेत शीर्ष नेताहरुको ध्यानाकर्षण गराए । नयाँ संविधान जारी गर्न दलहरुलाई झण्डै साढे दुई महिनाको समय मात्रै बाँकी छ ।

अध्यक्ष नेम्वाङले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई बोलाएर संविधान बनाउने बिषयमा गम्भिर हुन ध्यानाकर्षण गराएका हुन् । जवाफमा शीर्ष नेताहरुले आफूहरु संविधान समयमा जारी गर्ने पक्षमा रहेको र छिट्टै सहमति खोज्ने आश्वासन दिएका थिए ।
छलफलमा अध्यक्ष नेम्वाङले ठूलो पार्टीका हैसीयतले एकीकृत माओवादीले सहमतिका लागि नेतृत्व लिनुपर्ने भन्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन समेत आग्रह गरेका थिए ।
छलफलमा शिक्षक आन्दोलनको बारेमा छलफल भएपनि ठोस निर्णय भने हुन नसकेको नेताहरुले बताएका छन् ।
दलहरुका बीच राज्य पुनसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणाली लगायतका बिषयमा बिवाद छ । यस अघि प्रधानमन्त्रीसँग भेटगरेर नेम्वाङले राजनीतिक सहमतिका लागि वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया