सरकार ढाल्ने कांग्रेसको मुद्धा होइनः देउवा

विराटनगर, २८ फागुन । कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले मधेसी मोर्चाको साथ रहेसम्म बाबुराम भट्टराई नेतृत्वको सरकार नढाल्ने बताएका छन् ।

प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता देउवाले मधेसी मोर्चाले सरकारबाट समर्थन लिएमा मात्र नयाँ राष्ट्रिय सरकार बन्ने बाटो खुल्ने बताए । उनले भने, ‘मधेसी मोर्चाको साथ रहेसम्म कांग्रेसले भनेर मात्रै सरकार ढाल्नसक्दैन ।’

नेता देउवाले कांग्रेसले सरकारलाई  भन्दापनि शान्ति र संविधानलाई प्रमुख मुद्दा बनाएको बताए । उनले सरकारको गणितिय खेलमा कांग्रेस नलाग्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया