आलागीबाट ३४ घर नष्ट

विराटनगर, २८ फागुन । सिरहा र सुनसरी जिल्लाका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा ३४ घर जलेर नष्ट भएका छन् । आगलागीबाट झण्डै ३० लाख ८० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

गएराती सिरहाको नरहरि गोल ३ का रामत्रिपाल यादवको घरवाट सुरुभएको आगो फैलेर आसपासका ३० घर गोठ जलेका हुन् । सिराहामा आगोले ३० लाख बरावरको क्षति भएको छ ।

सुनसरीको देवानगञ्ज–९ मा राजेन्द्र यादवको घरमा वालेको टुकी सल्केर आगलागी हुँदा ४ वटा घर नष्ट भएका छन् । सुनसरीको लागलागीले ८० हजार रुपैया वरावरको क्षति भएको छ ।

दुवै स्थानमा स्थानीयवासी, प्रहरी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिईएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया