पर्यटक लोभ्याउन ताल संरक्षण

सुर्खेत, २७ फागुन । सुर्खेत जिल्लामा पर्ने वराह तालबारे सरोकारवालाहरूको चासो बढेको छ । तालको पर्यटकीय सम्भावना देखेपछि सरोकारवाला जागेका हुन् । प्रचारप्रसार तथा आवश्यक भौतिक पूर्वाधारको अभावमा ओझेलमा पर्दै आएको तालको विकासका लागि बराह ताल पर्यटन विकास केन्द्रसमेत गठन भएको छ ।
पर्यटन विकास केन्द्र गठन भएपछि स्थानीयवासी यसको संरक्षण र विकासमा सक्रिय हुन थालेका छन् । समितिको आयोजनामा बराह ताल विकासका लागि सरोकारवालाबीच ताल परिसरमै अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा राजनीतिक दल तथा सरोकारवालाले बराहताललाई पर्यटकीय स्थलका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य धर्मेन्द्र बाास्तोलाले बराह तालको संरक्षण र विकास गर्नसके मध्यपश्चिमकै प्रमुख पर्यटककीय गन्तव्य बन्ने बताए । ‘बराह ताल स्वर्गकै एक टुक्रा नै रहेछ,’ बाास्तोलाले भने, ‘तालसम्म यातायात, विद्युत् र सञ्चार सुविधा पुर्‍याउनसकेमा पर्यटन उद्योगको विकासमा यसले महत्वपूर्ण योगदान पुर्‍याउाछ ।’
सभासद खड्गबहादुर बस्यालले सरकारी निकायको बेवास्ताकै कारण वराह तालको विकास हुन नसकेको बताए । अर्का सभासद नरबहादुर विष्टले आफू पनि सोही क्षेत्रको प्रतिनिधि भएकाले यसको विकासका लागि पहल गर्ने आश्वासन दिए । विष्टले स्थानीयवासीहरू नै सक्रिय भएमा मात्रै यसको विकास सम्भव हुने धारणा व्यक्त गरे ।
वराहताल पर्यटन विकास केन्द्रका अध्यक्ष बलबहादुर कठायतले संरक्षण र सम्वर्द्धनको अभाव, तालको विकासका लागि सरोकारवाला निकायले चासो नदेखाएका कारण जिल्लाकै ठूलो ताल भएर पनि ओझेलमा परेको बताए । उनले यातायातको सुविधा नहुनु, भौगोलिक विकटता, प्रचारप्रसारको कमी, सुरक्षाको अभावजस्ता समस्या रहेको गुनासो गरे ।
तरङ्गा गाविसमा रहेको वराह ताल जिल्लाकै सबैभन्दा ठूलो ताल हो । ताल करिब १६ बिगाह क्षेत्रफलमा फैलिएको छ ।
सदरमुकाम वीरेन्द्रनगरदेखि करिब ३० किलोमिटर पश्चिम-दक्षिणमा रहेको तालको पश्चिमपट्ट िडेढ सय मिटरतल भेरी नदी बगेको छ । तालमा रौा नभएका चरा र पानी हाास तथा अन्य विभिन्न प्रजातिका चरा पनि पाइन्छन् । पृथ्वीनाराण शाहले २२ राज्य एकीकरण गर्दाको बेलामा सुर्खेत र दैलखका तत्कालीन राजारजौटा भागेर वराहतालमा आउादा राति देवता प्रकट भएर पूजा गर्न थालेपछि यसको नाम वराह ताल रहन गएको स्थानीयवासी बताउाछन् ।

प्रतिक्रिया