टिम कप्तानले राष्ट्रगान गाउन नजानेपछि

लन्डन, २७ फागुन । उनी अमेरिकी नागरिक हुन् । तर अमेरिका छाडेर उनले बेलायतबाट लन्डन ओलम्पिकमा प्रतिनिधित्व गर्ने तयारी गरिन् । अहिले उनै हर्डल्स रेसकी स्टार टिफानी पोर्टर बेलायतको राष्ट्रगान गाउन नजान्दा विवादमा परेकी छन् । जुनियर तहमा अमेरिकाको प्रतिनिधित्व गरेकी एक सय मिटर हर्डल्सकी धाविका पोर्टर इस्तानबुलमा जारी  वल्र्ड इन्डोर च्याम्पियनसिप खेल्ने बेलायती टोलीकी कप्तानसमेत छिन् । उनले राष्ट्रिय गान नगाएकोमा भने धेरै बेलायती सञ्चारमाध्यमले आपत्ति व्यक्त गरिसकेका छन् ।
‘गड सेभ द क्वीन’ राष्ट्रिय गान गाउन असमर्थ रहेकी  २४ वषर्या पोर्टर अङ्ग्रेज आमाकी छोरी हुन् । उनीसाग बेलायती पासपोर्ट पनि छ । ‘मलाई गीतका सबै शब्द कण्ठ छन् । तर मलाई कसरी गाउने भन्ने नै थाहा छैन । मलाई लाग्छ, यो जरुरी पनि होइन । उनको यो अभिव्यक्ति बेलायती सञ्चारमाध्यममा चर्को बहसको विषय बनेको छ । ‘यदि कोही बेलायतको तर्फबाट ओलम्पिक खेल्दै छ भने उसले राष्ट्रिय गान जान्न जरुरी छ ।’ ओलम्पिकमन्त्री हग रोबटर््सनले भने । उनले कुनै पनि खेलाडीले पदक जित्नका लागि जुन देशको प्रतिनिधित्व गर्ने हो त्यसप्रति भावनात्मक रूपले समर्पित हुन जरुरी भएको बताएका छन् । जुनियर तहमा खेल्दा अमेरिकाका लागि दुई अन्तर्राष्ट्रिय कांस्यपदक दिलाएकी पोर्टर सिनियर तहमा त्यति जम्न सकेकी थिइनन् । उनी दुई वर्षअघि अमेरिका छाडेर बेलायती टोलीमा आबद्ध भएकी हुन् । उनको काम गैरकानुनी नभए पनि पछिल्लो समय अत्यधिक विवादमा परेकी हुन् ।
‘मेरो लक्ष्य भनेको जन्मेदेखि नै बेलायतबाट खेल्ने हो ।’ पोर्टरले भङ्ग गर्नुअघि १ सय मिटर हर्डल्समा बेलायती कीर्तिमान कायम गरेकी थिइन्, एन्गी थोर्पले भनिन् । ‘तर, उनको लक्ष्य अमेरिकाबाट नै खेल्ने थियो । अमेरिकाबाट अवसर नपाउने भएपछि मात्र बेलायतको प्रतिनिधित्व गर्न खोजेकी हुन्,’ डेली मिररसाग प्रतिक्रिया दिने क्रममा थोर्पले भनिन्, ‘उनले कसैको स्थान लिए पनि आफूले मनोबल बढाएकोमा आफै आश्चर्यमा परेकी छु ।’
पछिल्ला वर्षमा बेलायती खेलकुदमा आप्रवासीको प्रभाव बढ्दो रूपमा देखिएको छ । ओलम्पिक महिला कुस्ती टोलीमा दुई युक्रेनी रहेका छन् भने क्रिकेटमा दक्षिण अपि|mकी केभिन पिटरसनले लामो समयदेखि इंग्ल्यान्डको प्रतिनिधित्व गरिरहेका छन् । १० हजार मिटर दौडमा पनि सोमालियामा जन्मिएकी मो फराहाले पनि बेलायतको प्रतिनिधित्व गर्दै छिन् । टि्रपलजम्पमा क्युवामा जन्मिएकी तथा यसअघि सुडानको प्रतिनिधित्व गरेकी यामेल अल्डामाले बेलायतको प्रतिनिधित्व गर्छिन् । अन्य देशको खेलकुदमा पनि आप्रवासीको प्रभाव गएको बेइजिङ ओलम्पिकमा प्रशस्त देखिएको थियो । पूर्व सोभियत गणराज्यका जर्जियाबाट खेल्ने दुवै विच भलिबल खेलाडी ब्राजिलियन थिए । जर्जियाले खेलअघि मात्र पासपोर्ट उपलब्ध गराएर ओलम्पिक टोलीमा समावेश गरेको थियो । अमेरिकी टिनएजर एलीसन रेडले सन् २०१० को भान्कुभर शीतकालीन ओलम्पिकमा जर्जियाको प्रतिनिधित्व गरेकी थिइन् ।
पोर्टर भने इस्तानबुलमा ६० मिटर हर्डल्सको सेमिफइनलमा प्रवेश गरिसकेकी छन् । तर, उनी अनावश्यक विवादमा परेपछि दबाबमा पनि रहेकी छन् । ‘म यहाा एकदम उत्साहित छु । सकेसम्म राम्रो गर्न चाहन्छु ।’ बिबिसीसागको अन्तर्वार्तामा पोर्टरले भनिन् । ‘राष्ट्रिय टोलीको कप्तान हुनु अत्यन्त माथिल्लो उचाइ प्राप्त गर्नु’ भएका कारण यसलाई हल्कारूपमा लिइएको चर्चा पनि बेलायती सञ्चारमाध्यममा लिइएको छ ।
पोर्टरको पूर्वकप्तान तथा धाविका हेलेन कीथोरीले भने समर्थन गरेकी छन् । ‘उनले गएराति टोलीका लागि उत्साहजनक मन्तव्य दिइन् । यसले हामी सबैको मनोबल बढाएको छ ।’ कीथोरीले भनिन्, ‘टोलीका धेरै सदस्यलाई राष्ट्रिय गान थाहा छैन । म सक्छु तर सबैले यो जान्न जरुरी छैन । कप्तानको काम टोलीलाई प्रेरणा दिने हो । उनले त्यो गरिरहेकी छन् ।

प्रतिक्रिया