लोडसेढिङमा सुधार आउछः उर्जामन्त्री

दाङ, २७ फागुन । ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले अहिले कायम रहेको लोडसेडिङ अबको केही दिनमा कम हुने र पहिलेकै अवस्थामा आउने बताएका छन् ।
दाङमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री बोगटीले विद्युत चुहावटको कडाइपूर्वक नियन्त्रण र भारतबाट केही विद्युत किनेर भएपनि तत्कालका लागि लोडसेडिङ घटाउने बताए । उनले दीर्घकालिन रुपमा पश्चिम सेती आयोजना र अन्य दुइ, चारवटा आयोजना निर्वाधरुपमा निर्माण हुन सके पाँच, छ वर्षमा नेपालीले लोडसेडिङको मार खेप्नुनपर्ने बताए ।
हप्तामा ८८ घण्टासम्म पुगेको लोडसेडिङलाई अहिले ६०, ६२ घण्टासम्म झार्न सफल भएको भन्दै उनले सबैतिर सुविधा समानुपातिक रुपमा बाँड्दा कतै लोडसेडिङ कम भएको बताए ।

प्रतिक्रिया