मुलुकलाई निकास तीन दलले मात्रै दिन्छन्

काठमाडौ, २७ फागुन । संवैधानिक समितिका सभापति नीलाम्वर आचार्यले प्रमुख तीन ठूला दलले मात्रै मुलुकलाई राजनीतिक निकास दिनसक्ने बताएका छन् । उनले शान्ति र संविधानका लागि प्रमुख तीन दल मिल्नुको बिकल्प नरहेको बताए ।

राजधानीमा आज आयोजित कार्यक्रममा उनले एकीकृत माओवादी, कांग्रेस र एमाले जिम्मेवार नभए जेठ १४ गतेपछि मुलुक द्धन्द्धमा चकर्ने चेतावनी दिए । मुलुकलाई समाधानमा लाने की संकट तर्फ धकेल्ने भन्ने दलका नेताको हातमा रहेको आर्चायको भर्नाइ छ ।

फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष राजकिशोर यादवले सबै दल एक जुट नभएसम्म मुलुकमा शान्ति प्रक्रिया पुरा नहुने बताए । उनले तीन दललाई मुलुकको हितमा काम गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया