२० लाखको उखु जलेर नष्ट

जनकपुर, २७ फागुन । धनुषा जिल्लाको नक्टाझिझ गाविस वडा नम्वर ७ स्थित उखु खेतमा आगो लगदा लाखौं मूल्य बराबरको उखु जलेर नष्ट भएको छ ।
आज विहान करिब १० बजे परवल खेतमा घाँसपात जलाउन लगाइएको आगोले १२ विघा खेतमा रहेको उखु जलेर नष्ट भएको हो । आगलागीबाट करिब २० लाख बराबरको उखु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो करिब १ बजे प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको छ । खेतमा रहेका सबै उखु नष्ट भएका छन् ।

प्रतिक्रिया