पहिला संविधान सरकार परिवर्तन पछिः देउवा

विराटनगर, २७ फागुन । कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले तोकिएको समयमा संविधान निर्माण हुन नसके ताजा जनादेशका लागि चुनावमा जानुपर्ने वताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगै कुरागर्दै नेता देउवाले पहिले सबैले सरकार परिवर्तन भन्दापनि संविधान निर्माण गर्न लाग्नुपर्ने वताए । उनले भने, ‘पहिले संविधान बनाउँ बाँकी कुरा पछि गरौला ।’

सेना समायोजन ७ वुँदे सहमति अनुसार नै हुनुपर्ने बताएका नेता देउवले माओवादीले सहमति कार्यान्वयनमा समस्या देखाएको आरोप लगाए । उनले माओवादीलाई सहमति अनुसार चल्न सुझाव दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले नेपाल भन्दा सानो भनिएको स्वीजरल्याण्डमा रहेको राज्य पुनसंरचनाको बिषय ध्यानमा राखेर कांग्रेसले संघीयताको अवधारणा ल्याएको वताए । उनले स्वीजरल्याण्डले राम्रो प्रगति गरेको बताए ।

मधेसी युवालाई नेपाली सेनामा पहुँच हुनुपर्ने तर समुहगत प्रवेश भने गराउन नहुने नेता देउबाको भनाई थियो । उनले समुहगत प्रवेश गराउदा सेनामा राजनीतिक करण बढ्ने बताए ।

प्रतिक्रिया