‘गुडलक’भन्दै फर्किए ब्लाटर

काठमाडौं, २६ फागुन । करिब २४ घन्टाको नेपाल बसाइका क्रममा अधिकांश समय उनले नेपाली फुटबल व्यवस्थापन र खेलाडीको प्रशंसामा खर्चिए । एक दिनअघि अर्थात् बिहीबार प्रधानमन्त्री डा बाबुराम भट्राईदेखि पूर्वप्रधानमन्त्रीहरुका बीच अखिल नेपाल फुटबल सङ्घ-एन्फा) अध्यक्ष गणेश थापाको कार्यक्षमताको हृदय खोलेर तारिफ गरेका उनी अर्थात् विश्व फुटबल महासङ्घ-फिफा) का अध्यक्ष सेप ब्लाटर खेलाडीहरुलाई ‘गुडलक’ भन्दै नेपालबाट उडे ।
एएफसी च्यालेन्ज कपको उद्घाटनका क्रममा ‘नेपाली फुटबल सवैभन्दा सुरक्षित व्यक्तिको हातमा छ’ भनेका ७६ वर्रषीय ब्लाटरले बिहीबार बेलुका आयोजित विशेष रात्रिभोजमा मात्र होइन, बिदा हुनुअघि आयोजित पत्रकार भेटघाटमा नेपाली खेलाडीको सम्भावना इङ्गित गर्दै भनेका थिए,’नेपालले प्यालेस्टाइनविरुद्ध केही समय बार्सिलोना जसरी खेल्यो ।’उनको सो अभिव्यक्ति वास्तविक धरातलभन्दा बिल्कुलै फरक अर्थात् बनावटी देखिन्थ्यो । किनभने प्यालेस्टाइनविरुद्धको नेपाली प्रदर्शन बिर्सनलायक थियो । नेपाली फुटबललाई मात्र प्रोत्साहन गर्ने दिशामा मात्र केन्दि्रत भन्दा फरक थिएन ब्लाटरको भ्रमणको अधिकांश समय ।
उनले शुक्रबार बिहान गोल फुटबल प्रोजेक्टको उद्घाटन मात्र गरेनन्,नेपाली किशोर फुटबलरको उज्ज्वल भविष्यको कामना गर्न भ्याए, फोटो सेसनका क्रममा । करिब आधा घन्टा साना बालबालिकासाग फोटो सेसनमा बिताएका ब्लाटरले उनीहरुलाई हात मिलाउनेक्रममा ‘गुडलक’ भन्न छुटाएनन् ।
‘नेपालमा फुटबलका सम्भावना मैले देखे ।’पत्रकारसागको भेटघाटमा उनले भने,’नेपालले धेरै गर्न सक्छ, यसप्रति म धेरै आशावादी छु ।’ उनले फुटबलमा महिलालाई प्रोत्साहन गर्न एन्फालाई विशेष आग्रह गरे । ‘महिला भनेका आमा हुन् । आमाबिना सृष्टिको कल्पना पनि गर्न सकिन्न ।’ ब्लाटरले भावुक हुादै भने,’त्यसैले उनीहरुलाई प्राथमिकतामा राख्नुपर्छ । त्यसका लागि फिफाले पनि सहयोग गर्नेछ ।’
खेल क्षेत्रमा उनको भ्रमण जति महत्वपूर्ण देखिएको छ, खेल राजनीतिमा पनि त्यत्तिकै अर्थपूर्ण भएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया