ताजिकिस्तानविरुद्ध भारत हार्‍यो

काठमाडौं, २६ फागुन । फुटबलमा थोरै मात्र अवसर सिर्जना हुन्छन् । तिनलाई समयमै सदुपयोग गर्न सकिएन भने आशा नगरिएको नतिजा आत्मसात् गर्नुपर्ने हुन्छ । उपाधि जित्ने अभियानका साथ एसियन फुटबल कन्फेडेरेसन-एएफसी) च्यालेन्ज कपमा उत्रिएको भारत त्यसै कारण शुक्रबार पहिलो खेलमै निराश बन्नुपर्‍यो ।
सन २००८ को विजेता भारतले समूह बी अन्तर्गतको खेलमा प्रतिद्वन्द्वी ताजिकिस्तानसाग २-० ले हार बेहोर्नुपर्‍यो । चार वर्षअघि फाइनलमा बेहोरेको हारको बदला लिनेक्रममा ताजिकिस्तानले आˆनो सुरुआत बलियो मात्र बनाएन, भारतको यात्रा समेत कठिन तुल्यायो ।
पहिलो हाफमा तीनवटा गोलका अवसरवाट चुकेको भारतले दोस्रो हाफमा दुवै गोल खाएकेा थियो । मध्यान्तरअघि दबाबमा बिताएको ताजिकिस्तानले त्यसपछि प्रशिक्षक केमाल अलिसहिककै शब्दमा ‘स्पेसल टि्रक’ अपनाउादै खेलको नतिजा आˆनो पक्षमा पारेको हो ।
५३ अै मिनेटमा उत्कृष्ट मुभ बनाउादै ताजिकिस्तानले भारतको सातो लियो । मिडफिल्डर फात्खुलोएभ फात्खुल्लोले क्रस मार्फत डि बक्सभित्र ‘पि|m बल’निकालि दिए पनि त्यसलाई अर्का मिडफिल्डर जालिलोभ जाखोन्ज्रले भेट्टाउन सकेनन् तर भारतीय रक्षापङ्क्तिबीचको ‘कन्फ्युजन’को फाइदा उठाउादै ताजिकिस्तानले ६१ औा मिनेटमा सुरुआती अग्रता लिएर छाड्यो । डि बक्सभित्रकेा ‘जिकज्याक’ वातावरणमा खाम्राकुलोभ अख्तामले पहिलो गोल गरेका थिए । डि बक्सको बाहिरी कर्नरको नजिकबाट फर्वार्ड तोखिरोभ फार्खुदले सेकेन्ड वारको दिशामा निकालिदिएको क्रसमा मध्यपङ्क्तिका डाभ्रोनोभ नुरुद्यनिबाट बल वाउन्स भएर अख्तामको खुट्टामा पुगेको थियो । डिफेन्डर र गोलकिपरबीच समेत तालमेल नमिलेको मौकामा अख्तामले ‘वन टच’मा पहिलो बारमा गोल गरे ।
खेलमा पछि परेलगत्तै भारतीय टोली डगमगाउन पुग्यो । ६५ औा मिनेटमा अख्तामले डि बक्सवाट गरेको शक्तिशाली प्रहार भारतीय डिफेन्डर समिर नायकले स्लाइड गरी क्लियर गरेका थिए तर ताजिकिस्तानको आक्रमण शृङ्खला त्यतिमै सीमित भएन । ६६ अै मिनेटमै डि बक्स बाहिरबाट मिडफिल्डर नुरिदिनले गोलरक्षक करन्जित सिंहको ध्यान विपरीत पहिलो बारमा गोल गरी टोलीको अग्रता दोब्बर बनाएका थिए । खेलमा २-० को अग्रतापछि पनि ताजिकिस्तानले करिब तीनवटा राम्रा अवसर फेला पारेको थियो तर विपक्षी गोलरक्षक त्यसमा बाधक बन्न पुगे ।
केही महिनाअघि मात्र साफ च्याम्पियनसिपको उपाधि जितेको भारतले आˆनो ‘क्लास’को प्रदर्शन गर्न सकेन । भारतीय टोलीका स्ट्राइकरको प्रदर्शन बिर्सन लायक रह्यो । प्रतियोगिताकै एक आकर्षक मानिएका कप्तान सुनिल क्षेत्रीले पहिलो खेलमै निराशाजनक प्रदर्शन गरे । सुरुआतको केही मिनेट दबाब झेले पनि त्यसपछि खेलमा फर्किएको भारतीय कुनै पनि आक्रमण ‘प|mेम’मा परेनन् । त्यस्तै फिनिसिङ पनि कमजोर देखियो ।
१४ आाै मिनेटमै सुनिल डि बक्सभित्र वन भर्सेस वनमा देखिए पनि फिनिसिङ सुस्त हुादा विपक्षी गोलरक्षकले बल अगाडि आएर क्लियर गरे । त्यसको चार मिनेटलगत्तै भारतले राम्रो मुभ बनाएको थियो तर मिडफिल्डर एन्थोनी पेरेराले खाली पोस्टमा गोल गर्न सकेनन् ।
डि बक्सभित्र सुनिलले निकालिदिएको उत्कृष्ट क्रसमा एन्थोनीले गरेको प्रहारले साइड वारभन्दा बाहिरको दिशा लियो । ३८ औा मिनेटमा करिब ३५ यार्ड अगाडि आएर ताजिकिस्तानका गोलकिपर तुचिएभ अलिसेरले वललाई क्लियर गरिदिएका थिए । डिफेन्डरले वन भर्सेस वनमा सुनिललाई फ् वल निकालिदिए तर त्यसलाई उनले पछ्याए पनि भेटाउन सकेनन ।

आजको खेलः
प्यालेस्टाइन र तुर्कमेनिस्तानः -दिउासो ३.०० बजे, -हल्चोक मैदान)
माल्दिभ्स र नेपालः सांझ ५.०० बजे
-दशरथ रङ्गशाला)

प्रतिक्रिया