सरकारी कार्यालय तोडफोड गर्ने पक्राउ

महेन्द्रनगर, २६ फागुन । कञ्चनपुरमा सरकारी कार्यालमा तोडफोड गर्ने राष्ट्रिय जनमोर्चाका चार नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
आन्तरिक राजश्व कार्यालय, जिल्ला प्राविधिक कार्यालय र नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेको अभियोगमा प्रहरीले चार नेतालाई पक्राउ गरेको हो । राजमोका कार्यकर्ताले आन्तरिक राजश्वमा बढी क्षति पुराएका छन् ।
कार्यालय तोडफोडका क्रममा राजमोका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ । झडपमा तीन कार्यकता घाइते भएका छन् ।
सरकारी कार्यालय तोडफोड गरेको अभियोगमा पक्राउ पर्नेमा जनमोर्चाका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, जिल्ला उपाध्यक्ष विद्यानाथ अधिकारी, अखिल नेपाल युवक संघका सदस्य पूर्णप्रसाद पौडेल र जनजाती संघका जिल्ला कोषाध्यक्ष जीतबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिलिप चौधरीले बताए ।

प्रतिक्रिया