जग्गा जिविसको, घर जिप्रकाको

काभ्रे, २६ फागुन । जिल्ला विकास समिति काभ्रेको स्वामित्वमा रहेको जग्गामा सहमति नै नलिइ जिल्ला प्रशासन कार्यालय काभ्रेले सुविधासम्पन्न भवन निर्माण गर्न लागेको भन्दै कर्मचारीहरुले आज स्थानीय विकास अधिकारीको ध्यानार्कषण गराएका छन् ।
स्थानीय निकाय कर्मचारी संघ इकाइ जिविस, काभ्रेका अध्यक्ष हरिश्चन्न्द्र लामिछानेले स्थानीय विकास अधिकारी मेघनाथ काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो स्वामित्वमा रहेको जग्गामा प्रशासन कार्यालयको भवन बनाउन नदिन माग गरेका छन् ।
जिल्ला विकास समितिको सहमति बेगर जिल्ला प्रशासनले ६ करोड ७२ लाखको चार तल्ले अपाङ्ग मैत्री मध्यमाञ्चल क्षेत्रकै नमूना भवन बनाउन टेण्डर आब्हान गरिसकेको छ ।
स्थानीय विकास अधिकारी मेघनाथ काफ्लेले जिविसले आफ्नो जग्गामा जिल्ला प्रशासन कार्यालयको भवन निर्माणका लागि सहमति नदिएको बताए ।

प्रतिक्रिया