कस्तो हुनुपर्छ स्ववियु निर्वाचन प्रणाली ?

त्रिविका क्याम्पसमा स्ववियु निर्वाचनको चर्चा चल्न थालेको छ । सँगै आगामी स्ववियु निर्वाचन कस्तो प्रणालीमार्फत गराउने भन्ने विषयमा पनि बहस भइरहेको छ । विद्यार्थी सङ्गठन स्ववियु निर्वाचन तत्काल गराउने मिति तोकिनुपर्नेमा एकमत भए पनि निर्वाचन प्रणालीका बारेमा भने अझै एक हुन सकेका छैनन् । मुख्य तीन दल निकट विद्यार्थी सङ्गठन आफूले अघि सारेको निर्वाचन प्रणालीमार्फत स्ववियु निर्वाचन हुनुपर्ने भन्दै मेरो गोरुको बाह्रै टक्का भनेर बसिरहेका छन् । समग्र विश्वविद्यालयको सुधारका लागि उपयुक्त निर्वाचन प्रणालीमा छलफल र बहस गरी सहमतिमा पुग्नुपर्छ ।
निर्वाचन प्रणाली वा संरचना जस्तोसुकै भए पनि विश्व–विद्यालयको खस्किँदो शैक्षिक गुणस्तरलाई कसरी अन्तर्राष्ट्रिय शिक्षाँसग प्रतिस्पर्धा गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ । विश्वविद्यालय शिक्षाको बिग्रँदो अवस्था र शिक्षा जस्तो आधारभूत दायित्वबाट राज्य उम्कने प्रयास गरिरहेका बेला विद्यार्थीहरूको छाता सङ्गठन स्ववियुलाई कसरी विद्यार्थी हितका साथै विश्वविद्यालयको दीर्घकालीन विकासका लागि प्रयोग गर्ने भन्नेमा केन्द्रित हुनु अहिलेको आवश्यकता हो ।
सबै जातजाति, भाषाभाषी, क्षेत्र, वर्गका विद्यार्थीको स्ववियुमा पहुँच हुनेगरी उपयुक्त निर्वाचन प्रणाली अपनाइनुपर्छ । सबै तह र तप्काका विद्यार्थीका भावनाको कदर गर्न सक्ने खालको नेतृत्व तयार हुनुपर्छ, निर्वाचन प्रणाली चाहे प्रत्यक्ष होस् वा समानुपातिक वा मिश्रित नै किन नहोस् । अखिल क्रान्तिकारीले उठाएको समान–ुपातिक, नेविसङ्घले उठाएको प्रत्यक्ष, अनेरास्ववियुले उठाएको मिश्रित निर्वाचन प्रणाली यी सबै आआफ्ना ठाउँमा सही नै छन् । तर, जुन प्रणालीबाट निर्वाचन भए पनि विद्यार्थीको हकहित र शैक्षिक सुधारका पक्षमा हुनुपर्छ । साथै समानुपातिक प्रतिनिधित्वका आधारमा भए पनि सबै विद्यार्थीले रुचाएको विद्यार्थी नेताले स्ववियुको नेतृत्व गर्ने मौका पाउनेछ । बहुमत विद्यार्थी सङ्गठनले रुचाएको मिश्रित प्रणालीमार्फत स्ववियुको निर्वाचन गर्दा पनि रातारात विश्वविद्यालयमा व्याप्त अनियमितता, खस्कँदो शिक्षाको गुणस्तर वा शिक्षामा फस्टाउँदो चरम व्यापारी–करणलगायत तमाम शैक्षिक समस्याको अन्त्य हुने होइन ।
निजी शिक्षाको नाममा शिक्षामा व्यापारीकरण हाबी हुँदै गइरहेको छ । नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय चरम राजनीतिक हस्तक्षेपका कारण शिक्षाको गुणस्तर सुधारमा भन्दा चरम अनियमितताको दलदलमा भासिदै गएको छ ।
यस्तो अवस्थामा हिजोका ठुल्ठूला परिवर्तनको इतिहास रचेका विद्यार्थी सङ्गठनहरू निर्वाचन प्रणालीमा रूमल्लिनुभन्दा जुनसुकै प्रणालीमार्फत भए पनि समयमै स्ववियुको निर्वाचन सम्पन्न गरी सक्षम र जुझारु नेतृत्वको अगुवाइमा समग्र विश्वविद्यालय शिक्षाको खस्कँदो गुणस्तरलाई माथि उकास्ने, शिक्षामा बढ्दो व्यापारीकरणको अन्त्य गर्न उच्चशिक्षाको जिम्मा निजी क्षेत्रलाई सुम्पन्ने बहानाबाजीमा रूमल्लिरहेको राज्यलाई
खबरदारी गर्ने र तमाम शैक्षिक समस्याको अन्त्य गर्न सक्ने गरी स्ववियुको संरचना तयार पार्नेमा केन्द्रित हुनुपर्छ ।
राजु सुवेदी

हाल स्ववियु बराबर सभापति र सभापति बराबर स्ववियुको जुन संरचना छ, त्यसमा परिवर्तन हुनुपर्छ । गठन प्रक्रियादेखि कार्यान्वयन तहसम्म सबै सदस्यको समान सहभागिता र स्वरूपलाई पूर्ण समावेशी चरित्रको बनाउनु पर्छ । वर्षाँै कक्षा दोहो¥याएर केवल राजनीति गर्नकै लागि क्याम्पसमा बास बसिरहनेले विद्यार्थीका समस्यालाई सही ढङ्गले सम्बोधन गर्न सत्तैmनन् ।
त्यसैले स्ववियुमा उम्मेदवार हुन उमेरको हदबन्दी र नियमित उत्तीर्णतालाई न्यूनतम सर्त बनाउनुपर्छ । विभिन्न तहका सर्वोत्कृष्ट  विद्यार्थीलाई पदेन सदस्य बनाउँदै शक्तिशाली स्ववियु काउन्सिल गठन गर्नुपर्छ ।  व्यक्तिगत स्वतन्त्रताको जति वकालत गरे पनि विद्यमान स्ववियु निर्वाचन प्रणालीले सबै विद्यार्थीको प्रतिनिधित्व गर्न सत्तैmनन् । त्यसैले समग्र सङ्गठनलाई नै मत दिने प्रणाली अपनाउनुपर्छ । यसो गर्दा सम्बन्धित सङ्गठनले समानुपातिक र समावेशी सिद्धान्तका आधारमा पहिले नै उम्मेदवारको सूची प्रकाशित गर्नुपर्छ ।
कुनै एक सङ्गठनले स्पष्ट बहुमत ल्याएको खण्डमा बाहेक प्राप्त मतको आधारमा सबै सङ्गठनमा सदस्य विन्यास गर्नुपर्छ । यसले अल्पमतले बहुमतमाथि नेतृत्व गर्ने जोखिम हटाउँछ र समावेशी चरित्र पनि बन्छ, र सबै विद्यार्थीको अपनत्व पनि बढ्छ । निर्वाचनमा सङ्गठनले गर्ने खर्च, त्यसको स्रोत र सीमा पारदर्शी हुनुपर्छ । स्ववियु निर्वाचन पूर्णरूपले शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ ।
किशोर आचार्य
सेन्ट जेभियर्स क्याम्पस
एमएस्सी प्रथम वर्ष

प्रतिक्रिया