दक्षिण एसियाली सेना खेलकुद प्रतियोगिता हुने

काठमाडौँ, २५ फागुन । नेपाली सेनाले दक्षिण एसियाली राष्ट्रका सेनाबीच आपसी सद्भाव बढाउने उद्देश्यले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

सेनाद्वारा आज राजधानीमा आयोजित पत्रकारसम्मेलनमा फागुन २६ देखि चैत १ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको छ । दक्षिण एसियाली सेनाको इतिहासमा पहिलोपटक हुन लागेको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, र श्रीलङ्काले भाग लिनेछन् ।

प्रतियोगितामा फुटबल, भलिबल, तेक्वान्दो व्याडमिन्टन, एथलेटिक्स, बक्सिङलगायतको खेलहरू समावेश गरिएको छ । नेपाली सेनाका सैनिक प्रवक्ता सहायकरथी रमीन्द्र क्षेत्रीले यस प्रतियोगिताबाट एसियाली राष्ट्रका सेनाबीच सैन्य सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा नेपाली सेनाका ५९, भारत ५८, बङ्गलादेश ३३, पाकिस्तान ३७, श्रीलङ्का ६४ जना सेनाले प्रतिस्पर्धा गर्नेछन् । जसमा सैनिक दर्जाका अधिकृत, पदिक र अन्य दर्जाका खेलाडी रहेका छन् ।

प्रतिक्रिया