अध्ययनमै सीमित रह्यो नौस्यालगाड आयोजना

काठमाडौ, २४ फागुन । बजेट अभावमा चार सय मेगावाटको जाजरपकोटस्थितनौस्यालगाड जलाशययुक्त आयोजना अध्ययनमै सीमित रहेको छ ।
०६५ सालमा सो आयोजनाको अध्ययन सुरु गरिएको थियो । ०६१ मा पुर्वसम्भायता अध्ययन गरिएको आयोजनाको सम्भाव्यता अध्ययन सुरु भएको तीन वर्ष पूरा भैसकेको छ । तर, सरकारले एकमुस्ट बजेट नदिएर प्रत्येक वर्ष थोरैथोरै बजेट दिने गरेका कारण अध्यन पूरा हुन नसकेको नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले बताए । आयोजनाका लागि चिनियाा, जापानी र नर्वेका लगानीकर्ताले इच्छा देखाउादै आएका छन् ।
जलविद्युत्, प्रसारण लाइनलगायतका विषयमा आगामी असारभित्रै अध्ययन सकिने भए पनि वातावरणीय अध्ययनबारे भने अझै डेढवर्ष लाग्ने प्राधिकरणले जनाएको छ । अध्ययन पूरा नहुादा लगानीकर्ता भित्र्याउन समस्या परेको छ ।
प्राधिकरणले सम्भाव्यता अध्ययन गरिरहेको सो आयोजनाका लागि सन् ०६५ मा करिब आठ लाख रुपियां बजेट छुट्याइएको थियो । त्यसपछि ०६६ सालमा दुई करोड छुट्याइए पनि ढिला निकासी हुादा अध्ययनमा समस्या परेको थियो ।
०६७ मा भने ४० लाख रुपियां मात्र छुट्याइएको थियो । ‘सरकारले बजेट एकदम कम छुट्याउाछ, अध्ययनका लागि आवश्यक रकम एकैपटक छुट्याइदिए अध्ययन सकिन्थ्यो,’ प्राधिकरणका एक कर्मचारीले भने । उनका अनुसार सरकारसाग चार करोड रुपियां माग्दा एकैपटक नदिने प्रवृत्तिको कारण आयोजना अध्ययनमा ढिलाइ भइरहेको छ ।
चालु आवमा आयोजना अध्ययनका लागि दुई करोड रुपियाा छुट्याइएको छ । आगामी असारसम्ममा वातावरणीय अध्ययनबाहेक अन्य अध्ययन सकिने आयोजनाका संयोजक संजीवमान राजभण्डारी बताउाछन् । ‘यो वर्ष जलविद्युत्, प्रसारण लाइनलगायतको अध्ययन आगामी असारसम्ममा सकिन्छ’, उनले भने । वातावरणीय अध्ययनका लागि भने अझै डेढर्ष लाग्ने देखिएको छ ।

प्रतिक्रिया