विद्युतगृहको ताला खुलेन

प्युठानः लोडसेडिङ फिर्ताको माग गर्दै विगत पांच दिनदेखि झिमरुक विद्युत्गृह दारिमचौर र नेपाल विद्युत् प्राधिकरण प्युठान शाखामा लगाइएको ताला अझैसम्म खोलिएको छैन ।
बुटवल पावर कम्पनी झिमरुक विद्युत्गृह र प्राधिकरणले प्युठानमा पहिलोपटक लोडसेडिङको घोषणा गरेपछि स्थानीय उपभोक्ताले विद्युत्गृहमा ताला लगाएका थिए ।
झिमरुक जलविद्युत् आयोजनाअन्तर्गत प्युठानमा उत्पादित बिजुली कम्पनीले दुई साता पहिले प्युठान र रोल्पामा दैनिक ६ घन्टा लोडसेडिङ गर्ने भनी अघिल्लो साता लोडसेडिङको तालिका निकालेको थियो ।
लोडसेडिङको सूचना सार्वजनिक भएलगत्तै स्थानीय उपभोक्ताले सङ्घर्ष समिति गठन गरी चलाएको आन्दोलनका कार्यक्रमअन्तर्गत विद्युत्गृहमा ताला लगाइएको स्थानीयवासीले बताए ।
सङ्घर्षका लागि जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, उपभोक्ता मञ्च, विद्यार्थी सङ्गठन, उद्योग वाणिज्य महासङ्घलगायतले संयुक्तरूपमा समिति गठन गरेका छन् ।
जिल्लावासीको माग पूरा नहुादासम्म सङ्घर्ष समितिले अनिश्चितकालीन ताला नखोल्ने संयोजक मुक्तिप्रसाद शर्माले बताए ।
लोडसेडिङ नगर्न भनी केही दिन पहिले प्युठान पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ७२ घन्टे अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाइएको पनि एक साता हुन लागेको स्थानीयवासी बताउाछन् ।
लोडसेडिङ विरुद्ध सङ्घर्षका लागि पूर्व सांसद मुक्तिप्रसाद शर्माको संयोजकत्वमा ३६ सदस्यीय समिति गठन गरिएको हो । लोडसेडिङ गर्न नदिन तालिकाको समयमा उपभोक्ताले पावर हाउसमै धर्ना दिने गरेपछि भार सम्प्रेषण केन्द्रको निर्देशनमा लमहीबाटै प्युठानमा लाइन काट्ने गरिएको छ ।
बाह्र मेगावाट विद्युत् उत्पादन क्षमता रहेको यस केन्द्रबाट आठ मेगावाट उत्पादन भई खपत हुादै आएकामा हाल झिमरुक र माडी नदीमा पानीको बहाव घटेर साढे पााच मेगावाट मात्र विद्युत् उत्पादन भइरहेकोे विद्युत् उत्पादक बुटवल पावर कम्पनीले जनाएको छ ।

प्रतिक्रिया