वनारस-काठमाडौँ प्याकेज घोषणा

वनारस, २४ फागुन । नेपालको निजी वायुसेवा कम्पनी बुद्ध एयर र वनारसको ट्राभल एजेन्सी क्लासिक होलिडेजले वनारस तथा नेपालका विभिन्न गन्तव्य समेटेर संयुक्त धार्मिक प्याकेज ल्याएका छन् । वनारसका विश्वनाथ, अन्नपूणणा, सारनाथ तथा नेपालका पशुपतिनाथ र मुक्तिनाथलगायतका धार्मिकस्थल समेटेर सो प्याकेज ल्याइएको हो ।
वनारस र नेपालको पुरानो सम्बन्धलाई पुनर्जीवित गर्दै भ्रमण प्याकेज ल्याइएको अधिकारीहरु बताउाछन् । ‘हाम्रो मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन नै हो, व्यावसायिक नाफा त छादैछ ।’ बुद्ध एयरका वनारस प्रबन्धक उद्धव सुवेदीले भने । वनारस आउने विदेशी पर्यटकलाई नेपालसम्म पुर्‍याउने उद्देश्यले नेपालको पनि प्रवर्द्धन गरिएको उनले बताए ।
बुद्ध एयरले हालै काठमाडौ वनारस सिधा उडान सुरु गरेको छ । तत्काल नाफा हुन नसके पनि वनारसमा बजार बनाउने योजना कम्पनीको छ । सिजनमा अकुपेन्सी ८० प्रतिशत हुने व्यवसायीको अपेक्षा छ । जुनदेखि सेप्टेम्बरसम्म वनारसका लागि मुख्य पर्यटकीय सिजन हो । दैनिक करिब एक हजार विदेशी पर्यटक वनारस आउने गरेको तथ्याङ्क छ । अफसिजनमा भारतीयलाई लक्षित गरिने तर सिजनमा विदेशी नै प्राथमिकतामा पर्ने सुवेद बताउाछन् । भारतमा स्कुल बिदा हुने समय आएकाले नेपाललाई बिदा मनाउने गन्तव्यका रूपमा प्रचार गर्ने कम्पनीको योजना छ ।
वनारसबाट काठमाडौ जाने टिकट ०१२ भरिका लागि सिरिज बुकिङ भइसकेको कम्पनीले जनाएको छ । जापानी, जर्मन तथा बेलायती पर्यटक वनारसबाट काठमाडौ जाने गरेको ट्राभल एजेन्सी सञ्चालकहरूको भनाइ छ ।
क्लासिक होलिडेजका निर्देशक अम्बुज के. नारायनले पशुपतिनाथलाई केन्द्रमा राखेर नेपालको प्रमोसन गरिरहेको बताए । कम्पनीले विश्वनाथ टु मुक्तिनाथको प्याकेजसमेत बनाएको छ । यो २५ हजार भारतीय रुपियां को प्याकेज हो । यसमा वनारसदेखि काठमाडौ र पोखरादेखि जोमसोमसम्मको हवाई टिकटका साथै होटलबास र काठमाडौा वनारसको टिकट समावेश छ ।
नेपालका लागि भारतका ठूला टुर अपरेटरले पनि चासो देखाएको निदेर्शक नारायनले बताए । ‘बुद्ध एयरसागको सहकार्यमा सबै वर्गका लागि प्याकेज ल्याउंछैा’ उनले भने । हाल भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाले साताको चार दिन वनारस-काठमाडौ उडान गरिरहेको छ । तर, एयर इन्डियाको भाडादर बुद्धको भन्दा निकै कम छ । भारतीय यात्रु भाडामा सम्झौता नगर्ने भएकाले बुद्ध नै रोज्ने कम्पनीको दाबी छ ।
प्रबन्धक सुवेदीले पर्याप्त अध्ययन गरेर मात्र वनारस उडान सुरु गरिएकाले सफलता मिल्ने विश्वास व्यक्त गरे । यसअघि बुद्धले गरेका भुटानको पारो र भारतको लखनउ उडान व्यावसायिक रूपले सफल हुन सकेको छैन ।
एयर इन्डियाको वनारस काठमाडौ एकतर्फी भाडादर १३ हजार भारतीय रुपियां छ भने बुद्ध एयरको करिब नौ हजार मात्र छ । वनासरमा गङ्गा आरति, विश्वनाथ मन्दिर, वनारस हिन्दु विश्वविद्यालय, सिटी साइट टुर, सारनाथ आदि नेपालीका लागि प्रमुख गन्तव्य हुन् । बुद्ध धर्मावलम्बीका लागि भने सारनाथ प्राथमिकतामा पर्ने गर्छ ।
लुम्बिनी जान चाहने बुद्ध धर्मावलम्बीका लागि क्लासिक होलिडेजले विशेष प्याकेज तयार गरेको छ । ‘बसबाट भैरहवा जान झन्झटिलो भएकाले पर्यटक काठमाडौं हुंदै जान चाहन्छन् । यसका लागि बुद्ध एयर उपयुक्त विकल्प हुन सक्छ,’ क्लासिकका निर्देशक नारायनले भने । नेपालमा बुद्ध एयर चढिसकेका विदेशी यात्रुका लागि बुद्ध एयर परिचित भएकाले उनीहरूको रोजाइमा पर्ने उनको दाबी छ । यात्रु चाप बढेमा अतिरिक्त उडान थप्ने र ७२ सिट क्षमताको एटिआर ७२ जहाज प्रयोग गर्ने योजना बुद्ध एयरको छ ।

प्रतिक्रिया