रङ जस्तै मिल्न कलाकारहरुको सुझाव

काठमाडौं, २४ फागुन । हाँस्य अभिनेत्री दीपाश्री निरौलाले आफूहरु कलाकार मात्र नभएको भन्दै नेता अभिनेतापनि रहेको बताएकी छन् । उनले नेताहरुले जस्तो विकृति र विसंगतीको होली आफूहरु नखेल्ने बताईन ।
रिपोर्टर्स क्लव नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा दीपाले रंगले दिने वास्तविक पहिचान जस्तै नेताहरुले दल वा पार्टी भन्दा माथि उठेर देश र जनताका लागि साँचो राजनीति गरेर दिनुपर्ने बताईन ।
हाँस्य कलाकार निर्मल शर्माले विभिन्न रंग मिलेर बनेको चाड होली जसरी मनाईन्छ, त्यसैगरी विभिन्न रंगका विधानको अवधारणाअनुसार बनेका पार्टी नेताहरु मिलेर जेठ १४ भित्र शान्ति र संविधान दिन सुझाव दिए ।
नायक राजवल्लभ कोइरालाले मानव जीवन रंग नै रंगले भरिएको जीवन भएको हुनाले मान्छेले भित्री मनबाट रमाउन सकेन भने जीवन व्यर्थ हुने बताए । उनले भने, ‘अहिले देश र जनता हृदय खोजेर रमाउन र हाँस्न सकेका छैनन् ।’

प्रतिक्रिया