मन्त्रीको बिचल्ली

काठमाडौं, २३ फागुन । ‘तपाईं यहांसम्म कसरी आउनुभो ? ‘अबुधाबी विमानस्थलमा रहेका अध्यागमन कर्मचारीले चकित पर्दै सोधेपछि मात्र पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगर झल्यांस्स भए । त्यतिबेलासम्म उनलाई पत्तै थिएन, आफूले भिसा नलागेको रातो पासपोर्ट बोकेर विदेश यात्रा गरिरहेको । जर्मनी जान हिाडेका मन्त्री विष्ट आˆनै हुस्सुपना र सचिवालयका कर्मचारीको लापरबाहीले गर्दा दुई दिनदेखि अबुधाबी विमानस्थलमा अलपत्र परेका छन् ।
पर्यटनसम्वन्धी सम्मेलनमा भाग लिन उनी पत्नी गङ्गासांगै सोमबार बेलुकी इत्तेहाद एयरवेजको विमानबाट जर्मनीका लागि उडेका थिए । तर, उनको पासपोर्टमा जर्मन दूतावासले भिसा लगाएको थिएन । त्रिभुवन विमानस्थलका कर्मचारीले उनको पासपोर्टमा भिसा लागे-नलागेको परीक्षण गर्ने हिम्मत गरेनन् । फलस्वरुप संयुक्त अरब इमिरेट्सस्थित अबुधाबी विमानस्थलको ट्रान्जिटमा उनले बेइज्जतीपूर्ण घटनाको सामना गर्नुपर्‍यो । भिसा नहुादा उनी २४ घन्टाभन्दा बढी समय अध्यागमनको नियन्त्रणमा रहे  ।
मन्त्री विष्ट नेपाली समय अनुसार सांझ सातबजे नै अबुधाबी ओर्लेका थिए । त्यहांको विमानस्थलमा केही घन्टाको ट्रान्जिटपछि अर्को विमानबाट मङ्गलबार बिहान जर्मनी पुग्ने कार्यक्रम थियो । विमानबाट ओर्लेर ट्रान्जिट प्वाइन्टमा पुगेका मन्त्री विष्टको पासपोर्ट त्यहााका अध्यागमन विभागका अधिकारीले जांच गरे । जांचका क्रममा उनले बोकेको कूटनीतिक पासपोर्टमा जर्मनी जाने भिसा लागेको नपाएपछि अबुधाबी अध्यागमनले तत्कालै उनलाई नियन्त्रणमा लिएको थियो । स्रोतका अनुसार विभागका अधिकारीले चार घन्टा लामो सोधखोजपछि मात्र विष्ट नेपालका मन्त्री रहेको ठहर्‍याए । त्यसपछि उनलाई रातभर विभागको नियन्त्रण कक्षमा राखिएको थियो ।
स्वागत गर्न विमानस्थल पुगेका जर्मनीका लागि नेपाली राजदूतले निर्धारित समयमा मन्त्री नआएपछि काठमाडौं स्थित परराष्ट्र मन्त्रालयमा सम्पर्क गरे । त्यतिबेलासम्म मन्त्री विमानस्थलमा थुनिएको बाहिर कसैलाई थाहा थिएन । स्रोतका अनुसार सोमबार सांझ साढे सात बजेदेखि नै मन्त्री विष्ट अबुधाबी अध्यागमनको नियन्त्रणमा रहे पनि मङ्गलबार बिहान नौ बजेपछि मात्र त्यसबारे युएइस्थित नेपाली दूतावासले जनानकारी पाएको थियो । त्यो पनि जर्मनीस्थित नेपाली दूतावासका अधिकारीले सम्पर्क गरेपछि मात्र ।
स्रोतका अनुसार अबुधाबीकै ट्रान्जिट भिसा लिन पनि समय नपुगेकाले मन्त्री विष्टले अहिलेसम्म एयरपोर्टभित्रकै ट्रान्जिट होटलमा बस्नुपरेको छ । युएइका लागि कार्यवाहक नेपाली राजदूत दीपक अधिकारीले त्यहीबाट जर्मनीको भिसा लगाउन युएइस्थित नेपाली दूतावासले पहल गरे पनि कार्यालय समय सकिएकाले सम्भव नभएको बताए । बुधबारसम्म भिसा लिएर जर्मनी जाने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।

किन लागेन भिसा
नेपालका कुनै पनि विशिष्ट सरकारी अधिकारीले विदेश भ्रमण गर्दा परराष्ट्र मन्त्रालयले भिसाका लागि समन्वय गर्छ । मन्त्रालयले सम्बन्धित व्यक्तिका नाममा भिसा नोट उपलब्ध गराएपछि त्यो विदेशी दूतावासमा पेस गरेर भिसा लिनुपर्छ । परराष्ट्र स्रोतका अनुसार मन्त्री बिष्टलाई परराष्ट्रले भिसा नोट उपलब्ध गराए पनि उनको पासपोर्ट नेपालस्थित जर्मन दूतावास लगिएकै थिएन । उनको स्वकीय सचिवालयले भिसा नोटलाई नै पर्याप्त सम्झेर मन्त्रीलाई बुझाएको थियो । तर, मन्त्री पत्नीको साधारण पासपोर्ट भने सचिवालयकै कर्मचारीले दूतावास पुर्‍याएर भिसा लगाएका थिए ।
स्रोतका अनुसार परराष्ट्रले नेपालस्थित जर्मन दूतावासलाई सम्बोधन लेखिएको भिसा नोट पर्यटन सचिव गणेशराज जोशीका पिए टीका कुावरले ल्याएका थिए । यसअघि मन्त्री बाहिर जानुपर्दा भिसा नोट बोकेर पासपोर्टमा भिसा लगाउन मन्त्रीका निजी सचिव पदम बजगाईं दुतावास जाने गर्थे । तर, यसपटक बजगाईं भारत जानुपर्ने भएकाले उनले मन्त्रीको बुकिङ गरिएको टिकट र पासपोर्ट सचिव जोशीलाई दिएका थिए । जोशीका पिए कुावरले उक्त भिसा नोट र पासपोर्ट ल्याएर मन्त्रीका सचिवालयका कर्मचारीलाई दिए । तर, सचिवालयका कर्मचारीलाई पासपोर्टमा भिसा हान्न दूतावास लैजानुपर्छ भन्ने सुद्धि आएन । न त मन्त्रीले नै विदेश जाने बेलामा भिसाका सम्बन्धमा कुनै सोधखोज गरे  ।
मन्त्रीका स्वकीय सचिव नैनसिंह कुावरले पासपोर्टमा भिसा लागिसकेको ठानेर आफूहरुले कुनै कदम नचालेको सौर्यलाई बताए ।  ‘मन्त्रीज्यू जिल्ला भ्रमणमा जानुभएको थियो । हामीलाई खामबन्दी चिठी र पासपोर्ट दिइयो । हामीले भिसा लागिसकेको भन्ठान्यौा र मन्त्री आएपछि त्यही दियौं,’ उनले भने  ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुनै पनि नागरिक विदेश उड्नुअघि उसको पासपोर्टको राम्रो जांच गरेर ‘डिपार्चर’ को छाप लगाउनु पर्छ । तर, मन्त्री विष्टको भने सामान्य जााच पनि गरिएको देखिादैन । स्रोतका अनुसार त्रिभुवन विमानस्थलको अध्यागमनले नेपालको कुनै पनि विशिष्ट अधिकारीको रातो पासपोर्ट वा अन्य कुनै सामान जांच नै गर्दैन । विमानस्थल अध्यागमन स्रोतले भन्यो, ‘अध्यागमनले सामान्य जांचमात्र गरेको भए यो अवस्था आउने थिएन ।’
स्रोतका अनुसार मन्त्री विष्टको पासपोर्टमा ‘डिपार्चर’ अर्थात् प्रस्थान छाप पनि हानिएको छैन । ‘सम्बन्धित देशको भिसा नभएसम्म अध्यागमनले कुनै पनि पासपोर्टमा त्यस्तो छाप हान्दैन,’ स्रोतले भन्यो । अध्यागमन विभागका महानिर्देशक सुवीर शाहले पनि भिसा नलाएको पासपोर्टमा डिपार्चर स्टि्रकर नलगाइने बताए । ‘कुनै पनि मानिस बाहिर जांदा उसको भिसा लागेको पासपोर्टमा अनिवार्य डिपार्चर स्टिकर लगाउनु पर्ने हुन्छ,’ उनले सौर्यसंग भने, ‘स्टिकर टांस्दा सबै कुरा हेरिन्छ । मन्त्रीजस्तो व्यक्तिले भिसा नलागेको पासपोर्ट बोकेर विदेश उडे भन्ने मलाई विश्वासै लाग्दैन ।’
स्रोतका अनुसार अबुधाबी अध्यागमनले मन्त्रीलाई मङ्गलबार दिउासो नेपाल फर्काउने तयारी समेत गरेको थियो । तर, नेपालस्थित जर्मन दूतावास, परराष्ट्र मन्त्रालय, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतले अबुधाबी प्रशासनसाग गरेको समन्वयका कारण उनलाई नेपाल फर्काइएन । स्रोतका अनुसार नेपालस्थित जर्मन दूतावासले अबुधाबीमा समातिएका नेपाली नागरिक मन्त्री नै भएको भन्दै कूटनीतिक शिष्टाचारका लागि अबुधाबीकै जर्मन दूतावासबाट भिसा दिन पत्राचार गरेपछि उनले सम्भवतः बुधबार जर्मनी जान पाउने भएका छन् ।

प्रतिक्रिया