एमाले अब पहिलो पार्टीः वरिष्ठ नेता नेपाल

ललितपुर, २२ फागुन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको प्रथम राष्ट्रिय प्रतिनिधि परिषद् बैठकबाट एमालेलाई पहिलो राजनीतिक शक्ति बनाउने दाबी गरेका छन् ।

ललितपुरमा आज आयोजित कार्यक्रममा उनले एमालेलाई अन्य दलभन्दा ठूलो बनाई आगामी निर्वाचनमा बहुमत ल्याउने अवस्थामा पुरायाउन प्रतिनिधि परिषद् बैठकले निचोड निकाल्ने बताए ।

एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकार अहिलेसम्मकै उत्कृष्ट कम्युनिष्ट सरकार भएको चर्चा गर्दै अहिलेको अवस्थामा उहाँको आदर्शलाई आत्मसात गरेर अघि बढ्नुपर्ने बताए ।

महासचिव ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको पर्याय भएको चर्चा गर्दै उनको आदर्शमय विचार र कार्यक्रमलाई निरन्तरता दिन एमाले प्रतिबद्धताका साथ लाग्नुपर्ने खाँचो औल्याएका छन् ।

प्रतिक्रिया