कर्णाली टुक्राइए युद्ध हुन्छ

काठमाडौं २२ फागुन । कर्णाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने बिभिन्न राजनीतिक दलसँग आवद्ध नेताहरुले अखण्ड कर्णालीलाई टुक्राइए त्यही दिनबाट युद्धको उद्घोष गर्ने चेतावनी दिएका छन्  ।
सदियौदेखि कर्णाली क्षेत्र षड्यन्त्रको शिकार बन्दै आएको भन्दै उनीहरुले अखण्ड कर्णाली स्वायत्त प्रदेश हुनुपर्ने र स्वायत्त प्रदेशको राजधनीपनि कर्णालीमै हुनुपर्ने माग गरेका छन् । उनीहरुले संघीयताको नाममा ४२ प्रतिशत जनघनत्व रहेको कर्णाली क्षेत्रलाई टुक्राउन खोजे कर्णाली बासीहरुले युद्धको उद्घोष गर्ने चेतावनी दिए ।
नेपालमा कर्णाली स्वायत्त प्रदेश पहल मूल समितिले आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा नेताहरुले हालको कर्णाली अञ्चललाई नै अलग्गै हुनेगरी राज्यको घोषणा गरिनु कर्णालीका जनताको साझा माग रहेको बताए ।
सभासद प्रेमबहादुर सिंहले कर्णालीको इतिहास विना राज्यको विकास असम्भव हुने भन्दै कर्णालीका जनतालाई पहिचान विहिन बनाउन खोजे त्यो युद्धको संकेत हुने बताए ।
सभासद देविलाल थापाले अखण्ड कर्णालीलाई विभेद गरी टुक्राउन खोजे त्यो आन्दोलनको सुरु हुने बताए ।

प्रतिक्रिया