मापदण्ड अनुसार मात्र समायोजन

विराटनगर, २२ फागुन ।  नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका नेत रामचन्द्र पौडेलले माओवादीले नेपाली सेनाको मापदण्ड बाहिर गएर सेना समायोजन गर्न खोजीरहेको र त्यस्तो समायोजन आफुहरुलाई मान्य नहुने वताएका छन ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरुसाग कुरा गर्दै नेता पौडेलले  माओवादीलाई जर्नेल कर्णेल वा मेजर दिन न भै  स्थापीत मापदण्ड अनुसार सेनामा विलिन हुने कुरा मात्र काग्रेंसलाई स्विकार्य हुने जिकिर  गरे ।  नेता पौडेलले भने माओवादीले सेनामा पार्टीको रिमोटकन्ट्रोल कायम राख्न दर्जाको विवाद झिकेको दावी समेत गरे ।
अर्को प्रसङमा कुरा गर्दै उपसभापति पौडेलले वर्तमान सरकारले शान्ति प्रकृया अगाडि बढाउन नसके वावुराम  भट्टराई नेतृत्वको सरकार रहनुको औचित्य  नरहने दावी समेत गरे  ।

प्रतिक्रिया