लगातारका घटनाले डरलाग्दो अवस्था

केही समय अघिदेखि अस्पताल र चिकित्सकसँग रोगीहरू डराउन थालेका छन् । अस्वस्थकर र पूर्वाधाररहित अस्पतालको बढोत्तरी, अदक्ष डाक्टरको बिगबिगी र रोग पत्ता लगाउन सक्ने क्षमता अभावका कारण बिरामी चिकित्सकदेखि डराउन थालेका हुन् । आफ्नो रोगको पहिचानसहित उपचारका लागि अस्पताल पुगेका बिरामी छिटोभन्दा छिटो रोग निर्मूल पार्दै निरोगी भएर बा“च्न चाहन्छन् । यो उनीहरूको अधिकारको कुरा हो । तर, अहिले चिकित्सक र अस्पतालप्रति आमनागरिकमा नकारात्मक धारणा बढ्दै गएको छ ।
धुलिखेल सामुदायिक अस्पतालका डाक्टरले क्यान्सरकी रोगी सुनमाया थोकरलाई तीन महिनासम्म क्षयरोगको औषधि खान बाध्य पारे । गरिब बिरामीमाथि आर्थिक शोषण गर्दै तनाब थपिदिए र मरणासन्न अवस्थामा पुरायाए । अब उनको उपचार हुन नसक्ने अवस्था बन्दै छ । केही समयअघि डडेल्धुरास्थित टिम अस्पतालका डाक्टरले अपरेसनमा प्रयोग गरेको कैंची बिरामीकै पेटभित्र छाडेर टाका लगाई जघन्य अपराध गरे । अमरगढी नगरपालिका दुधका“डेका देवबहादुर सार्कीले ६ महिनासम्म पेटमै कैंची बोकेर अथाह पीडा सहनु परायो । उनी छिमेकी मुलुक भारत गएर पुनः अप्रेसनका लागि ठूलो खर्च गर्न बाध्य भए । यता केही महिनाअघि दक्षिण एसियामै सुविधासम्पन्न अस्पताल मानिएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा लज्जाजनक घटना भएको थियो । त्यहा“ घा“टीको शल्यक्रिया गर्नुपर्ने रूपन्देहीको शङ्करनगर–३ की छमकुमारी बोहराको पाठेघरको अपरेसन गरिएको थियो । विराटनगरको एउटा उपचार केन्द्रले खुट्टामा पिलो आएका बालकलाई अर्कै औषधि प्रयोग गरेर उपचार फेल भएको भन्दै मृत घोषणा गरायो । अर्थात् धरान, नेपालगन्ज, पोखरा र काठमाडौ“लगायत मुलुकभरि नै डाक्टरद्वारा भएका चरम लापरबाहीका घटना महामारीकै रूपमा फैल“दै छन् ।
केही समययता मुलुकका अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीबाट अक्षम्य खालका गल्ती भएका घटना खुल्दै आएका छन् । यस्ता घटना रोकिनेभन्दा पनि बढ्दै जानु झन् डरलाग्दो भएको छ । सर्वसाधारणको स्वास्थ्यमाथि जथाभावी खेलबाड गर्दै ‘प्राक्टिस’ गर्न दिने चलनले पनि अरू जटिलता थपेको छ । चिकित्सकले आफ्नो पेसालाई मानव सेवाभन्दा पनि आर्थिकोपार्जनको दह्रो माध्यम बनाउनुले यो पवित्र र संवेदनशील क्षेत्र विकृत बन्दै गएको छ । बिरामीको स्वास्थ्यमाथि लापरबाही हुनु सामान्य विषय होइन । एउटा डाक्टरको कारणले एउटा रोगीको ज्यान जानु जस्तो जघन्य अपराधलाई सामान्य ठानेर अर्को गल्ती गर्नु हुदैन ।
पक्कै पनि डाक्टरहरू भगवान होइनन् । तर, सम्बन्धित रोग पत्ता लगाउन र आफूले पत्ता लगाउन नसकेको रोगीलाई अन्य स्वास्थ्य संस्थामा ‘रिफर’ गर्न डाक्टरले सक्छ । त्यति गर्न सक्दैन भने त्यो डाक्टर होइन । यस्ता डाक्टर र लापरबाहीका घटनाबारे गम्भीर रूपमा छानबिन गर्न र भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन सरकारको तर्फबाट उचित कदम चाल्नुपर्छ । किनकि, स्वस्थ नागरिक नै राष्ट्रको सबैभन्दा महत्वपूर्ण सम्पत्ति हो । तसर्थ, पूर्वाधारबिनाका स्वास्थ्य संस्था, लापरबाही गर्ने डाक्टर र संवेदनशील सेवालाई पनि राम्रो आर्थिक स्रोत मात्र ठान्ने व्यक्तिउपर यथोचित कारबाही हुनैपर्छ ।

प्रतिक्रिया