‘संसदमा अख्तियारले छापा मारेको होइन’

काठमाडौं, २१ फागुन । संसद सचिवालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारेको भन्ने हल्ला र समाचार गलत रहेको जनाएको छ ।
संसद सचिवालय सिंहदरबारमा आज बसेको कार्यव्यवस्था परामर्श समितिमा सभामुख सुवासचन्द्र नेम्वाङले प्रमुख दलका मुख्य सचेतकलाई अख्तियारले छापा मारेर कागजपत्र कब्जामा लिएको भन्ने समाचारहरु गलत र तथ्यहिन रहेको जानकारी गराएको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयले आफ्नो बारेमा समाचार दिदा सत्यतथ्य पत्तालगाएर मात्रै सार्वजनिक गर्न सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह समेत गरेको छ ।
अपहरण अभियोगमा पक्राउ परेका सद्भावना आनन्दीदेवीका सभासद श्यम सुन्दुर गुप्ताको आर्थिक बिषयमा अर्थमन्त्रालयले जानकारी मागको बिषयलाई अख्तियारले संसद सचिवालयमा छापामारेको भन्ने समाचार आएपछि संसद सचिवालयले त्यसको खण्डन गरेको हो ।
यसैवीच, कार्यव्यवस्था समितिले भावी संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख दलहरुलाई १० दिनको समय थपिदिएको छ । पछिल्लो समय दुई पटकमा गरी थपिएको २० दिन समय नपुगे पछि कार्यव्यवस्थाले पुनः समय थपेको हो ।
दलहरुबीच शाशकीय स्वरुप, राज्यको पुनःसंरचना, निर्वाचन प्रणाली, नागरिकता लगायतका मुख्य विषयमा विवाद कायमै छ ।

प्रतिक्रिया