राजमोको बन्दले धौलागिरीको जनजीवन प्रभावित

बागलुङ, २१ फागुन । संघीयताको खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा नेपालले आह्वान गरेको धौलागिरी, गण्डकी बन्दका कारण आज बिहानैदेखि धौलागिरीको जनजीवन कष्टकर बनेको छ ।
बन्दले बागलुङ, पर्वत र म्याग्दीबाट बिभिन्न स्थानबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् । बजार, उद्योग, कलकारखानाका साथै बिद्यालय तथा क्याम्पसका बिहानी एवम दिवा कक्षाहरु समेत पूर्ण रुपमा प्रभावित भएका छन् । बन्दका कारण ग्रामीण क्षेत्रबाट अध्यापन शिक्षक अनुमती पत्रको परिक्षा दिन आएका सयौं परिक्षार्थी सदरमुकाममै अलपत्र परेका छन् ।

बन्दलाई सफल बनाउन आग्रह गर्दै जनमोर्चाका कार्यकर्ताले बिहानैदेखि चोकचोकमा प्रर्दशन गरेका छन् । एम्बुलेन्स, प्रेस, दुध, प्रहरी र पर्यटकका गाडीहरु भने निर्वाध रुपमा सञ्चालन भएका छन् ।
तोकिएको समयमा संविधान, संघीयताको खारेजी र स्थानीय निकायको निर्वाचनका लागि जारी राखेको संघर्षका कार्यक्रम अन्तर्गत राजमोले बन्द गरेको जनाएको छ ।
बन्दलाई हिंसात्मक हुन नदिन प्रहरी प्रशासनले सदरमुकाममा आफ्नो सक्रियता बढाएको छ ।
उता, वर्गीगमनमा परेका माओवादीका अयोग्य लडाकुले आह्वान गरेको वन्दले पूर्वाञ्चलको सार्वजनीक सवारी साधन चल्न सकेका छैनन । सवारी साधन संचालन नहुँदा विहानैदेखि जनजीवन प्रभावित भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
वहिरगनमा परेका अयोग्य लडाकुहरुले आफूहरुलाई पनि समायोजनमा परेका लडाकु सरह सुविधा दिईनुपर्ने माग गर्दै आएका छन ।

प्रतिक्रिया