प्रधामन्त्रीका कारण अविश्वास

बीरगन्ज, २१ फागुन । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले दलहरुबीच अविश्वासको संकट बढनुमा प्रधानमन्त्री बाबुराम भटटराई प्रमुख दोषी रहेको आरोप लगाएका छन् ।
बीरगन्जमा आइतबार बिहान नेपाल प्रेस युनियन पर्साले गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री भटटराइले सेना समायोजन विशेष समितिको बैठक लामो सयम सम्म नबोलाएर दलहरुबीच अविश्वासको वातावरण बढाउन मद्धत गरेको बताए । दलहरुबीच बढदै गएको अविश्वासले मुलुकलाई अन्यौलता तर्फ धकेल्ने उनले टिप्पणी थियो ।
संविधान निर्माणको डेटलाइन नजिकै आइसकेको भन्दै उनले दलहरुले विवादीत विषयमा राजनीतीक सहमति गरि निर्णायक कदम चाल्नु पर्ने सुझाव दिए । शान्ति प्रकृया टुंगोमा पुगेपछि मात्र कांग्रेसले सरकारको नेतृत्वमा दाबी गर्ने उनले भनाई थियो ।

प्रतिक्रिया