तस्करी गर्न नदिएको विरोधमा पसल वन्द

विराटनगर २० फागुन । अवैध रुपमा सामान ओसार पसार गर्न नदिएको बिरोधमा विराटनगर रानी क्षेत्रमा ओसार पसारमा संलग्न समुहले आज पसल वन्द गराएका छन ।
विराटनगरसँग सीमाना जोडिएको भारतीय वजार जोगवनीवाट नेपालतर्फ र नेपालवाट जोगवनीतर्फ हुने अवैध आयात निर्यातमा प्रहरीले कडाई गरेको भन्दै संलग्न समुहले स्थानीय पसलहरु वन्द गराएका हुन ।
अबैध ओसार पसारमा संलग्न व्यक्ति मुन्ना मियाँ, मुन्ना अग्रवाललगायतको समुहले सीमा क्षेत्रका पसल बन्द गराएका थिए । प्रहरीले अबैध रुपमा भारतबाट ल्याईने सामानमा कडाई गरेर आफूहरुको रोजीरोटी बन्द गरेको उनीहरुको आरोप छ ।
उनीहरुले केही समय विराटनगर भन्सारको ३ नम्वर ढाटपनि वन्द गराएका थिए । प्रहरीले हस्तक्षेप गगरेर प्रदर्शनकारीलाई तितर वितर बनाएर भगाएको ईलाका प्रहरी कार्यालय रानीका निरीक्षक कविन्द्र केसीले बताए ।
प्रहरीले बिराटनगरका दरैया र मटेर्वा नाकावाट हुँदै आएको तस्करीमा आजकल निक्कै कडाई गरेको छ ।

प्रतिक्रिया