बन्चरो प्रहार गरेर श्रमतीको हत्या

कैलाली, २० फागुन । बझाङमा एक युवकले आफ्नी श्रीमतीलाई बञ्चरो प्रहार गरि हत्या गरेका छन् । श्रीमतीको हत्या पछि उनले आफूपनि रुखमा झुण्डेर ज्यान दिएका छन् ।

सैनपसेला गाविस वडा नम्बर ३ का मोहन जप्रेलले आफू र श्रीमती केउडीदेवी जप्रेलसँगै घास दाउरा गर्न गएका बेला श्रीमतीको बञ्चरोले घाँटी रेटेर हत्या गरेको दुई दिनपछि गाउँ नजिकै रहेको रुखमा झुण्डेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मृतक केउडीकोे जिल्ला अस्पतालमा पोष्टमार्टम गर्न ल्याउँदै गर्दा मोहन घरबाट फरार भएका थिए । श्रीमतीको हत्या गरेपछि प्रहरीको कार्वाहीमा पर्ने डरले मोहनले आत्महत्या गरेको हुन सक्ने उनका आफन्तहरुको अनुमान छ । घरवाट भागेको एक दिनपछि गत बिहीबार राति  मोहनलाई जंगलमा रुखमा झुन्डीएको अवस्थामा आफन्त र प्रहरीले भेटेका थिए ।

घटनास्थल सदरमुकाम चैनपुर एक दिनको पैदल दूरीमा रहेकाले घटनाबारे ढिला खबर आएको बझाङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीले सौर्यलाई टेलिफोन सम्पर्कमा बताए । मृतक दम्पतिका दुई छोराछोरी रहेका छन् ।

प्रतिक्रिया